बंगलादेशका राष्ट्रपति हमिद भ्रमण पूरा गरी स्वदेश फिर्ता



काठमाडौं : ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आइपुगेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज स्वदेश फिर्ता भएका छन् ।

गत मंगलबार नेपाल आएका हमिद चारदिने भ्रमण सकाएर आज (शुक्रबार) अपराह्न त्रिुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका हुन् ।

नेपाल बसाइका क्रममा राष्ट्रपति हमिदले राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गरेका थिए ।

साथै उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, राजनीतिक दलका वरिष्ठ नेतासँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए ।

राष्ट्रपति हमिदले भक्तपुर दरबार स्क्वायर र पोखरा भ्रमण समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्