निर्मला हत्या प्रकरण: आरोप स्वीकारेको भनिएका प्रदीप रावल साधारण तारेखमा छुटे



काठमाडौं: कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानका लागि पक्राउ परेका कञ्चनपुरका प्रदीप रावल साधरण तारेखमा छुटेका छन् ।

 

सार्वजनिक हित विरुद्धको अपराधमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उनलाई आज साधरण तारेखमा छाड्ने आदेश दिएको हो ।

 

तीन साताअघि उनी काठमाडौंमै पक्राउ परेका थिए । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले उनलाई अभद्र व्यवहार गरेको आरोप लगाएर सार्वजनिक हितविरुद्धको अपराधमा मुद्दा चलाएको थियो ।

 

पक्राउपछि सोधपुछका क्रममा उनले आफूले निर्मलाको हत्या गरेको स्वीकारेका थिए । तर, उनीविरुद्ध पर्याप्त प्रमाण जुटाउन नसकेपछि छाडिएको प्रहरी स्रोत बताउँछ । सोही घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका प्रदीपका साथी बिशाल चौधरी पनि छुटिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्