नख्खु कारागारबाट भागेका एक घण्टामै पक्राउ



ललितपुर: नख्खु कारागारबाट भागेका एक कैदीलाई प्रहरीले एक घण्टामै पक्राउ गरेको छ । घटना मंगलबारको हो ।

 

नख्खु कारागारबाट बेलुकी भागेका बेलायती नागरिक मुकत्तर हुसेन इसराम एक घण्टामै पक्राउ परेका प्रहरीले जनाएको छ ।

 

भिसा अवधि सकिए पनि काठमाडौंमै बसेका उनलाई प्रहरीले १६ महिनाअघि पक्राउ गरेको थियो । मंगलबार बेलुकी उनी भागेका थिए ।

 

बेलुकी ६ बजेपछि मात्रै हुसेन भागेको सूचना पाएको ललितपुर प्रहरीले एक घण्टामै पुल्चोकबाट पक्राउ गर्न सफल भएको हो ।

प्रतिक्रिया दिनुहोस्