‘सम्बृद्धिका लागि जलश्रोतको उचित व्यवस्थापन आवश्यक’



जनकपुरधाम : प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थले जलश्रोतको उचित व्यवस्थापन हुन सके मात्रै देश समृद्ध हुने बताएका छन् । 

जलश्रोतमा विश्वकै दोस्रो धनी देश भए पनि आफैँसँग भएको सम्पत्तिको सही प्रयोग गर्न नसक्दा देश पछि परेको उनको धारणा छ । एकातर्फ खेत बाँझै रहने, अर्कोतर्फ खोलानालाको पानी त्यसै खेर जाने अवस्थाका कारण नेपालीको जीवनस्तर माथि उठ्न नसकेको उनले बताए । 

खेर जाने पानीलाई ड्याम तथा नहर बनाई वा पानीको भण्डारण गरी सुख्खायाममा कृषि जन्य क्षेत्रमा सिँचाइको व्यवस्था गर्नेतर्फ ध्यान दिन उनले प्रदेश सरकारको ध्यानाकर्षण समेत गराए । 

एक अर्को प्रसंगमा प्रमुख कायस्थले चुरे क्षेत्रको विनाश रोक्न सके मात्र तराई मधेसको उर्वर भूमि जोगिने धारणा राखे । 

कार्यक्रमका अन्य वक्ताले जलश्रोतको उपयोग गर्दै नेपाललाई सम्बृद्ध बनाउन सरकार र राजनीतिक दल गम्भीर हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्