‘भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता ’


कास्की : कास्की निर्वाचन क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका उम्मेदवारले भ्रष्टाचारका विरुद्ध आफूहरुको शून्य सहनशीलता रहने प्रतिबद्धता जनाएका छन् ।

नेपाल पत्रकार महासङ्घको आयोजना गरेको ‘प्रतिनिधिसभा उपनिर्वाचन उम्मेदवार संवाद’ कार्यक्रममा प्रमुख चार दल सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काङ्ग्रेस, समाजवादी र साझा पार्टीका उम्मेदवारले विधि, कानूनको पालना गर्ने र भ्रष्टाचारबाट टाढा रहने भनाइ राखेका हुन् ।

नेकपा उम्मेदवार विद्या भट्टराईले गलत आचरण र व्यवहार भ्रष्टाचार र आफ्नो जीवन खुला किताब जस्तै रहेको बताउँदै कानून बाहेकका व्यवहार नगर्ने स्पष्ट पारे । विगतको पृष्ठभूमि र आजको परिस्थतिका कारणले आफू निर्वाचनमा होमिएको बताउँदै उनले लोकतन्त्रलाई मजबुत बनाउँदै जनताप्रति उत्तरदायी बन्दै जाने बताए ।

काङ्ग्रेस उम्मेदवार खेमराज पौडेलले आत्म विकास र स्वार्थमा पदको प्रयोग गर्नु भ्रष्टाचार भएको चर्चा गर्दै राजनीतिक व्यक्ति भ्रष्टाचारबाट मुक्त हुँदा मात्र प्रशासनलगायतका अन्य क्षेत्रको अनियमितता रोकिने बताए ।

पौडेलले राष्ट्रियता र लोकतन्त्रको रक्षाका लागि आफू उम्मेदवार बनेको चर्चा गर्दै जनताको राजनीतिप्रतिको वितृष्णा हटाउन र जनतामा गरेको प्रतिबद्धता पूरा गर्नु आफ्नो प्रमुख जिम्मेवारी रहेको उल्लेख गरे । समावादीका उम्मेदवार धर्मराज गुरुङले विसं २०४७ यता सार्वजनिक पदमा बसेका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताए ।

आफू कहिल्यै पनि कसैको प्रलोभनमा नपरी जनताको सेवामा लाग्ने भनाइ उनको थियो । साझाका उम्मेदवार रजनी केसीले नीतिगत भ्रष्टाचार रोक्नुपर्नेमा जोड दिँदै भ्रष्टाचारले सुशासनलाई अवरोध गरेको भनाइ राखे ।

महासङ्घका महासचिव रमेश विष्टले निर्वाचनमा होमिएका उम्मेदवारका प्रतिबद्धतालाई एकै थलोबाट जनतामा पु-याउने उद्देश्यसहित पहिलो पटक कार्यक्रम आयोजना गरिएको बताए । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : दक्षिण एशियाको गरिबी निवारण, क्षेत्रीय सुरक्षा र आर्थिक विकासको मुख्य लक्ष्य लिएर सन्

काठमाडौं: प्रहरी प्रधान कार्यालयले २७ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को काज सरुवा गरेको छ। यसरी

अछाम : सुदूरपश्चिम अछामको साँफेबगर नगरपालिका–३ की २१ वर्षीया पार्वती बूढा रावतको गत आइतवार राती

काठमाडौं : बाराको निजगढमा बन्दै गरेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि नबढाउन सर्वोच्चले आदेश दिएको

काठमाडौं : १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालद्वारा माल्दिभसलाई ८४ रनले

पोखरा : तेह्रौँ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पोखरामा जारी महिला क्रिकेटमा आयोजक नेपाल

काठमाडौं : बलात्कारको आरोप लागेका कृष्णदासजी महाराज ‘सिद्धबाबा’ लाई थप ७ दिन हिरासतमै राख्न आदेश

पोखरा : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला फुटबलमा माल्दिभ्सलाई पराजित गर्दैं

पाटन : काठमाडौं उपत्यकाभएर बग्ने बागमती नदीको सबैभन्दा डरलाग्दो गरी बालुवा उत्खनन् ललितुरमा हुने गरेको

काठमाडौं : तेस्रो मुलुक जानका लागि सजिलो हुने र उडान भाडादर पनि कम हुने भएकाले

कास्की: कञ्चनपुर महेन्द्रनगरका हिमाल टमाटाले आफ्नो १५ वर्षको खेल जीवनमा पहिलो स्वर्ण चुम्दा खुशीको सीमा

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत जारी क्रिकेटमा नेपालद्वारा भुटान १