‘ए’ डिभिजन लिग : जावलाखेलले मच्छिन्द्रलाई हरायो



काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा जावलाखेल युथ क्लबले जीत हात पारेको छ । 

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दोस्रो खेलमा मच्छिन्द्र क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै जावलाखेलले जारी लिगमा तेस्रो जीत निकालेको हो । जावलाखेललाई जीत दिलाउन अरुज सिंह र फोडे फोनानाले एक–एक गोल गरे । मच्छिन्द्रका अल्बा आडेमोलाले एक गोल फर्काए । 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५औँ मिनेटमा अरुजले पेनाल्टीमा गोल गर्दै जावलाखेललाई शुरुआती अग्रता दिलाए । मच्छिन्द्रका अञ्जन देवकोटाले ह्याण्ड गरेपछि पाएको पेनाल्टीमा अरुजले गोल गरेका थिए । 

यस्तै खेलको ६५औँ मिनेटमा फोनानाले सुमन डङ्गोलको पासमा गोल गर्दै जावलाखेललाई २–० को अग्रता दिलाए । खेलको ९०औँ मिनेटमा मच्छिन्द्रका आडेमोलाले गोल गर्दै खेल २–१ मा ल्याए । त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन् । 

खेलमा जावलाखेलका अरुज ‘म्यान अफ दी’ म्याच घोषित हुँदै रु १० हजार प्राप्त गरे । 

जीतसँगै जावलाखेलले एघार खेलबाट तीनमा जीत, दुईमा बाराबरी तथा छ वटामा पराजित हुँदै ११ अङ्क जोड्दै तालिकाको नवौँ स्थानमा छ । पराजित मच्छिन्द्र ६ अङ्कका साथ लिगकोे १२औँ स्थानमा छ । 

आजै भएको अर्को खेलमा न्युरोड टिम एनआरटी र फ्रेन्ड्स क्लवले एक एक गोलको बराबरी खेले । खेलकाे ४४ औं मिनेटमा फ्रेन्ड्सका खेलाडीले बोबी ओगोलाले आत्मघाती गोल गर्दा एनआरटीले अग्रता बनायो ।

तर ६७ औं मिनेटमा एनआरटीले पाएको पेनाल्टीलाई सदुपयोग गर्न सकेन । ७८ औं मिनेटमा फ्रेन्डसले खेल बराबरी गर्यो । अनिल महर्जनको फ्रिकिकमा अशिम भुषाले उत्कृष्ट फिनिस गरे ।

त्यसपछि दुबै टिमबाट गोल भएन र अंक बाँढे । बराबरी पछि फ्रेन्डसका नौ अंक भएको छ भने एनआरटीको ५ अंक छ ।

प्रतिक्रिया दिनुहोस्