वीरगन्जमा नेविसंघ कार्यकर्ताबीच खुकुरी हानाहान



वीरगन्ज : वीरगन्जमा नेपाल विद्यार्थी संघका कार्यकताबीच खुकुरी हानाहान भएको छ। नेविसंघ जिल्ला अधिवेशनको विषयमा विवाद हुँदा कांग्रेस पर्साको पार्टी कार्यालय परिसरमा बुधबार साँझ दुई गुटबीच खुकुरी हानाहान भएको हो । खुकुरी प्रहारबाट नेविसंघ ठाकुरराम बहुमुखी क्याम्पसका इकाई उपाध्यक्ष समीर अन्सारी घाइते भएका छन् । 

 

नेविसंघकै कार्यकर्ता रोशन सिंहकाे खुकुरी प्रहारबाट सामान्य घाइते भएका अन्सारीको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गरिएकाे छ । तनाव बढ्दै गएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।  नेविसंघ पर्साको जिल्ला अधिवेशनका लागि कांग्रेस केन्द्रीय कार्यालयले केन्द्रीय प्रतिनिधिका रुपमा सहमहामन्त्री लक्ष्मीभक्त खनाललाई खटाएको छ। 

 

खनाल र कांग्रेस पर्साका सचिव श्याम पटेलको उपस्थितीमा पार्टी कार्यालयमा छलफल चल्दै गर्दा कार्यालय परिसरमा रहेका दुई गुटका कार्यकर्ताबीच विवाद हुँदा खुकुरी हानाहान भएको हो । 

प्रतिक्रिया दिनुहोस्