भारतका पूर्व क्रिकेटर सचिन तेन्दुलकर नेपालमा



काठमाडौं : भारतका पूर्व क्रिकेटर सचिन तेन्दुलकर युनिसेफको पोषणसम्बन्धी जनचेतना कार्यक्रममा सहभागी हुनका लागि नेपाल आएका छन् ।

उनी शुक्रबार राति काठमाडौं आइपुगेका हुन् । सचिन काठमाडौंको द्वारिका होटेलमा बसेका छन् ।

गोप्य रुपमा काठमाडौं आएका सचिन विशेष सुरक्षामा होटेल गएका थिए ।

युनिसेफको सदभावना दूत रहेका तेन्दुलकरले कीर्तिपुरको मैदानमा शनिबार नेपालका पूर्व खेलाडी बिनोद दासको टिमसँग च्यारिटी खेल खेल्ने भएका छन् ।

शनिबार कीर्तिपुर मैदानमा बिहान १० बजेबाट खेल शुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्