दूरसञ्चार प्राधिकरणका अध्यक्ष झाले दिए राजीनामा



काठमाडौँ : नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजीनामा दिएका छन् । सरकारले गत भदौमा तेस्रो कार्यकालको लागि उनलाई प्राधिकरण अध्यक्षमा नियुक्त गरेको थियो । यसअघि मन्त्रिपरिषद्को असार २० को गते बैठकले अघिल्ला सरकारको राजनीतिक नियुक्ति रद्द गर्ने निर्णयसँगै झाले प्राधिकरण अध्यक्ष पद गुमाएका थिए ।

सरकारले पुन: उनलाई खुला प्रतिस्पर्धाबाट अध्यक्ष पदमा नियुक्त गरेको थियो । नेकपाको स्थायी कमिटीको बैठकमा पनि उनको नियुक्तिलाई लिएर व्यापक आलोचना भएपछि झाले आजै बिहान पत्रकार सम्मेलन गर्दै आफ्नो चरित्रहत्या भएको दाबी गरेका थिए ।

 

२०६९ मा प्राधिकरण अध्यक्ष नियुक्त भएका झाको कार्यकाल शेरबहादुर देउवा नेतृत्वको सरकारले थपेको थियो ।

प्रतिक्रिया दिनुहोस्