गोप्य भिडियो बाहिरिएपछि पाकिस्तानी गायिका तनाबमा



इस्लामाबाद : पाकिस्तानी गायिका तथा प्रस्तोता रबी पिर्जादा यौन गतिविधि सहितको भिडियो तथा फोटो सार्वजनिक भएपछि पहिलो पटक सार्वजनिक रुपमा अभिव्यक्ति दिएकी छन् ।

आफ्नो भिडियो तथा फोटो सार्वजनिक गरेकोमा दुईजनालाई सरकारी अनुसन्धान विभागले पक्राउ गरिसकेको उनको भनाइ छ । गायिका रबीको दुई साताअघि यौन गतिविधि सहितको भिडियो र फोटो ‘लिक’ भएको थियो ।

भिडियो तथा फोटोमा झैँ आफूले गल्ती गरेको भए आफूले अल्लाहबाट दण्ड पाउने भन्दै उनले कुरानको नीति उपदेश वाचन समेत गरेकी थिइन् । साथै रबीले अल्लाहसँग आफ्नो कामको लागि माफी समेत मागेकी थिइन् ।

रबीले आफ्नो पक्षमा वकालत गर्ने महिलाहरुलाई धन्यवाद दिएकी छन् । उनले आफ्नो बारेमा भिडियो सार्वजनिक भएको दुई सातापछि मात्रै पहिलो पटक भिडियो मार्फत सन्देश प्रवाह गरेकी हुन् ।

उनको भिडियो र फोटो सार्वजनिक भएपछि पक्षमा र विपक्षमा पाकिस्तानमा ह्यासट्याग आन्दोलन नै भएको थियो । यससँगै रबीले मनोरञ्जनात्मक उद्योग छाड्ने घोषणा गरेकी छिन् । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्