धनगढी विमानस्थल मर्मत कार्य तीव्र



कैलाली : सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो र व्यस्त धनगढी विमानस्थल मर्मत कार्य तीव्र बनाइएको छ । पुस १० देखि १७ गतेससम्म बिहान ६ देखि साँझ ६ बजेसम्म विमानस्थल बन्द गरेरै मर्मतको काम भइरहेको हो । 

नागरिक उड्डयन प्राधिकरण कार्यालय धनगढीका प्रमुख तेजबहादुर बुढथापाले विमानस्थलको मर्मत कार्य १७ गते अघि नै सकिने दाबी गरे । 

धनगढी विमानस्थलको धावनमार्ग साना जहाजको लागी बनाए पनि पछिल्लो समय ठुला विमानसमेत अवतरण गर्ने गरिएकाले बिग्रिएको बुढथापाले बताए ।

धावनमार्ग निर्माण भएको दश वर्ष भन्दा बढी समय भएकोले पनि धावनमार्गको मर्मत गर्नु परेको उनको भनाइ छ । 

धावनमार्गको १ हजार ८ सय मिटरमध्ये २ सय ५० मिटर मर्मत गर्नुपर्ने भएकाले दिउँसो विमानस्थल बन्द गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्