अवैध गिट्टी र माटो निकासी गर्ने एस्काभेटरसहित ७ ट्याक्टर नियन्त्रणमा



चितवन: अवैध रुपमा गिट्टी र माटो निकासी गर्दै गरेको अवस्थामा प्रहरीले एउटाएस्काभेटरसहित ७ ट्याक्टर नियन्त्रणमा लिएको छ। 

 

कयर खोलाबाट मंगलबार अवैध रुपमा गिट्टी निकासी गरिरहेको अवस्थामा ३ ट्याक्टर र व्यक्तिको जग्गाबाट बिना अनुमति माटो बोकिरहेको अवस्थामा ४ ट्याक्टर नियन्त्रणमा लिइएको हो।

 

इलाका प्रहरी कार्यालय खैरहनीले दिएको जानकारीअनुसार दीपेश इँटा उद्योगले अनुमतिबिना माटो निकालेर बोकिरहेको अवस्थामा ट्याक्टर र एक्साभेटर नियन्त्रणमा लिइएको हो। 

 

दीपेश इँटा उद्योगले व्यक्तिको जग्गाबाट बिना अनुमति माटो निकासी गरिरहेको थियो।

 

खैरहनी र रत्ननगर नगरपालिकाले प्रतिट्याक्टर ६ सयको रसिद काटेर गिट्टी निकासीको व्यवस्था मिलाएको छ।

 

यी दुई नगरपालिकाले वातावरणीय प्रभाव मूल्यांंकन गरेर गिट्टी झिक्नका लागि टेण्डर समेत खुलाउने तयारी गरिरहेको अवस्था छ।

प्रतिक्रिया दिनुहोस्