मृतक परिवारलाई प्रदेश सरकारकाे सहयोग



जनकपुरधाम : सर्लाहीको ब्रह्मपुरीमा आगलागीमा परि मृत्यु भएका धनिक लाल यादवको परिवारलाई आर्थिक सहयोग गरिएको छ । प्रदेश २ सरकारले यादव परिवारलाई राहत स्वरूप दुई लाख रुपैयाँ उपलब्ध गराएको हो ।  

प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार मुख्यमन्त्री लालबाबु राउतले मृतक यादवका बुवा गौतम कुमारलाई दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरे । 

 

गत कात्तिक २१ गते लक्ष्मी पूजाका दिन आगलागीमा परि ब्रह्मपुरी ७ नोकेलवाका यादवको मृत्यु भए पछि प्रदेश सरकारले मुख्यमन्त्री राहतकोषबाट मृतक परिवारलाई आर्थिक सहयोग गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्