परराष्ट्रको विज्ञप्तिमा गम्भिर त्रुटि, शोकमा ‘बधाई’



काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले इन्डोनेसियामा हालै ज्वालामुखी विस्फोटपछि आएको सुनामीमा दर्जनौँको मृत्यु भएको विषयमा सन्देश पठाएको विषयमा निकालिएको विज्ञप्तिमा परराष्ट्र मन्त्रालयले गम्भिर गल्ती गरेको छ । परराष्ट्रले जारी गरेको विज्ञप्तिमा मानिसहरूको मृत्यु भएको विषयमा राष्ट्रपति भण्डारीले ‘बधाई’ दिएको जनाइएको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘गणतन्त्र इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले गत शनिबार सुनामीले कयौँ ज्यानहरू गएकोमा ‘बधाई’ सन्देश पठाउनुभएको छ ।’

पहिलो वाक्यमा गम्भीर गल्ती भए पनि दोस्रो वाक्यमा भने राष्ट्रपतिले नेपालका तर्फबाट समवेदना र गहिरो दुख व्यक्त गरेको उल्लेख छ । 

हेर्नुस् परराष्ट्रको विज्ञप्ति :

यसैबीच परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अघिल्लो विज्ञप्तिमा भएको त्रुटिप्रति क्षमायाचना गरेको छ ।

हेर्नुस् विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस्