यस्तो छ भक्तपुर प्रदेशसभा (क)को अंकगणित



भक्तपुर : यस क्षेत्रमा सत्तारुढ दल नेकपा र प्रतिपक्षी दल नेपाली कांग्रेसबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । नेकपाले यस क्षेत्रमा देवीप्रसाद ( डिपी) ढकाललाई उम्मेदवार बनाएको छ भने कांग्रेसले कृष्णप्रसाद भँडेलाई उम्मेदवार बनाएको छ । प्रदेश नम्बर ३ अन्तर्गत भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को ‘क’ मा प्रदेशसभा सांसद हरिशरण लामिछानेको मृत्युभएपछि रिक्त रहेको प्रदेश निर्वाचन क्षेत्रमा ४५ हजार ३६ जना मतदाता रहेका छन् ।

तत्कालीन एमालेबाट उम्मेदवार रहेका सांसद लामिछानेले ४३ हजार ५ सय ५२ मतदाता थिए । उनले निकतटम प्रतिद्धन्दी काँग्रेसका जीवन खत्रीले २ हजार ८ सय मतान्तर रहेको थियो ।
कूल ३२ हजार ८ सय ३८ मत खसेकोमा लामिछानेले १२ हजार ७ सय ८९ मत प्राप्त गरेका थिए भने उनका निकटम प्रतिस्पर्धी काँग्रेसका जीवन खत्रीले ९ हजार ९ सय ७७ मत प्राप्त गरेका थिए । ७ हजार १९ मतका साथ तेस्रो स्थानमा नेपाल मजदुर किसान पार्टीका निरज लबजू रहेका थिए ।

यस्तै माओवादी केन्द्रका देवीप्रसाद ढकालले ७ सय ८४, विवेकशील साझाका कालीचरण कार्कीले ७ सय ८३, राप्रपाका मुकुन्द कार्कीले ४ सय ८५ मत पाएका थिए । यस निर्वाचन क्षेत्रमा समेत नेकपाले जित हान पार्ने बताईएको छ । तथापी या क्षेत्रमा नेपाल मजदुर किसान पार्टीको पनि बलियो उपस्थिति रहेका कारण कडा प्रतिस्पर्धा हुने अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्