यस्ता छन् सुदूरपश्चिम मन्त्रिपरिषद्को निर्णय



कैलाली : सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश लगानी बोर्ड गठनका लागि आवश्यक विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गरेको छ । 

मन्त्रिपरिषदको बुधबार बसेको बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयलाई लगानी बोर्ड गठनका लागि आवश्यक विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले बताए । 

प्रवक्ता शाहलेसामाजिक विकास मन्त्रालयको स्वयं सेवक परिचालन कार्यविधि स्वीकृत गरिएको जानकारी पनि दिए । यस्तै सोही मन्त्रालयलाई प्रदेशस्तरको आयुर्वेद  प्रतिष्ठान स्थापना सम्बन्धी विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति दिइएको छ । 

भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत जनता आवास कार्यान्वयन कार्यविधि र उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयको नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधिलाई छलफलका लागि संसदीय समितिमा पठाउने निर्णय पनि आजको बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्