बलिउडका महंगा अभिनेता



काठमाडौं : कलिउड क्षेत्रमा मात्र हैन, बलिउड क्षेत्रमा पनि कलाकारको बढि पारिश्रमिकले कहिलेकाहिं चर्चा पाउने गर्छ । तर पछिल्लो समय बढि पारिश्रमिक लिनु सामान्य हुन थालिसकेको छ । बलिउडमा जति धेरै चलचित्रहरु बनेपनि त्यतिनै हिट हुन्छन् । चलचित्र हिट भएअनुसार कलाकारहरुले आफ्नो पारिश्रमिक बढाउंदै लगेका छन् । अभिनेता फिल्म खेलेबापत् कति पारिश्रमिक लिन्छन् ? फ्यानहरूलाई त्यतिकै चासो हुन्छ । चासो हुनु पनि स्वाभाविक हो । बलिउड अभिनेताका फ्यान नेपालमा पनि उत्तिकै छन् ।

आखिर कसले कति लिन्छन् ?

सलमान खान

सुपर स्टार सलमान खान सबैभन्दा बढि पारिश्रमिक लिने बलिउड कलाकारको सुचीमा पहिलो नम्बरमा पर्छन् । श्रोतका अनुसार उनी चलचित्रमा ६० करोडसम्म पारिश्रमिक लिनुका साथै चलचित्रको नाफा बापतको शेयर प्रतिशतसमेत लिने गर्छन् । सलमान खान बक्स अफिसमा सबभन्दा बढी बिक्ने हिरो हुन् । उनले अभिनय गरेका चलचित्र सुपरडुप्पर हिट हुने गरेका छन् ।

शाहरुख खान

‘किङ खान’ पनि धेरै पारिश्रमिक लिने लिस्टमा तेस्रो स्थानमा पर्छन् । शाहरुखले एउटा चलचित्रको ४० देखि ४५ करोड सम्म लिने गर्छन् । जसमा शेयरको नाफा प्रतिशत जोडिएको छैन । धेरैजसो चलचित्र आफ्नै होम प्रोडक्सन ‘रेड चिल्ली’ बाट बनाउने भएकाले उनी पारिश्रमिक भन्दा बाहेक आफ्नै होम प्रोडक्सनबाट कमाउने गर्छन् ।

आमिर खान

‘मिस्टर पर्फेक्टनिस्ट’ भनेर चिनिने आमिर खान दोस्रो धेरै पारिश्रमिक लिने बलिउड कलाकार हुन् । नाफा शेयर प्रतिशतबाहेक उनको पारिश्रमिक ५० देखि ६० करोड रुपैयाँसम्म रहेको छ । तर, उनी पारिश्रमिकभन्दा फिल्मको मुनाफाबाट बढी कमाउँछन् । फिल्म बनाउँदा उनी प्रायः ८० प्रतिशतसम्म हिस्सा लिन्छन् । निकै कम फिल्म खेले पनि उनको बलिउडमा ब्रान्ड भ्यालु धेरै छ ।

अजय देवगन

Related image

अजय देवगन फिल्मको बजेटअनुसार आफ्नो पारिश्रमिक कम या बढी लिने अभिनेतामा पर्छन् । तर, कम्तीमा ३० करोड उनले लिएकै हुन्छन् । ३० देखि ४० करोड रुपैयाँ उनको औसत रेट हो ।

ऋतिक रोशन

ऋतिक रोशन निकै कम फिल्ममा जिम्मा लिने अभिनेतामा पर्छन् । उनी कम फिल्म खेल्छन्, तर पारिश्रमिक चर्को लिन्छन् । सलमान, आमिर, शाहरुख तथा अक्षय पछि पाँचौ स्थानमा सबैभन्दा धेरै पारिक्षमिक लिने बलिउड स्टार हुन् ऋतिक । उनको पनि ब्राण्ड भ्याल्यु धेरै नै छ । प्रायः सुपर हिरोको रोलमा देखिने रोशनले एउटा फिल्मको ४०÷४५ करोड सम्मको पारिश्रमिक लिने गर्छन् ।

अक्षय कुमार

बलिउडका टप पाँच ‘सेलेबल’ स्टारमा पर्ने अर्का हिरो हुन् अक्षयकुमार । उनको पारिश्रमिक नाफा बापतको शेयर प्रतिशत बाहेक ५५ करोड रहेको छ । उनी अत्याधिक चलचित्र खेल्ने व्यस्त कलाकारभित्र गनिने गर्छन् ।

अमिताभ बच्चन

बलिउडका महानायक अमिताभ बच्चन अहिले पनि लिड एक्टरको रुपमा काम गरिरहेका छन् । अहिलेका युवा अभिनेताहरुलाई अझै पनि उनले टक्कर दिरहेका छन् । फोब्र्सका अनुसार उनको कमाई सलमान बराबर २ हजार २ सय १७ करोड छ । विज्ञापन फिल्म र टिभीबाट पनि अमिताभ राम्रो कमाई गर्छन् । उनले प्रति फिल्म २० करोड भन्दा बढि लिने गरेका छन् ।

रणवीर कपुर

Related image

रणवीर कपुरका कैयौँ फिल्म फ्लप भएका छन् । तर, फिल्म फ्लप भए पनि रणवीर कहिल्यै फ्लप भएनन् । बलिउडमा उनको माग कहिल्यै कम भएको छैन । उनको पारिश्रमिक पनि राम्रो छ । एउटा फिल्मको उनी २० देखि २५ करोड रुपैयाँसम्म लिन्छन् ।

रणवीर सिंह

रणवीर सिंह एकदमै प्रतिभाशाली अभिनेता हुन् । उनका धेरैजसो चलचित्रहरुले बक्स अफिसमा कमाल देखाइसकेका छन् । उनले पनि एउटा फिल्मको लागि लगभग २० करोडको माग गर्छन् ।

शाहिद कपूर

सबैभन्दा धेरै फिस लिने कलाकारको सुचीमा शाहिद कपुर पनि पर्छन् । उनले एउटा फिल्मको लागि १५ देखि १८ करोड सम्म चार्ज माग्र्छन् ।

वरुण धवन

वरुण धवनले अहिलेसम्म आधा दर्जनभन्दा बढी फिल्म खेलिसके । उनका कुनै पनि फिल्म घाटामा गएका छैनन् । धेरै फिल्ममा उनले पाँचदेखि सात करोड रुपैयाँ पारिश्रमिक लिए । तर, ‘बद्रीनाथ कि दुल्हनिया’पछि उनको पारिश्रमिक ह्वात्तै बढेर १० देखि १२ करोड रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्