सरकारले नचाहेरै निर्मलाका हत्यारा पत्ता नलागेकाे हाे : प्रकाण्ड



धनगढी : नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडकबहादुर विश्वकर्मा (प्रकाण्ड)ले निर्मला पन्तका हत्यारालाई सरकारले बचाउन खोजेको आरोप लगाएका छन् ।

१२५औँ माओ दिवसको अवसरमा बुधबार धनगढीको खुल्लामञ्चमा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रकाण्डले सरकारले चाहे एक सातामै निर्मलाको हत्यारा पत्ता लगाउन सक्ने बताएका हुन्। ‘सामाजिक असुरक्षा यतिधेरै बढिरहेको छ की दिनदिनै महिलाहरूको बलात्कार, हत्या भइरहेको छ’ प्रकाण्डले भने, ‘देश त बडो काहाली लाग्दो स्थिति तर्फ जाला जस्तो छ।’

देशमा दिनहुँ हत्या र बलात्कारका घटना बढिरहँदा पनि सरकार उदासिन रहेको उनले आरोप लगाए। निर्मला हत्या प्रकरणमा सरकारले अनुसन्धान गर्ने गम्भीर नभएको आरोप लगाए । वर्तमान सरकार विदेशी शक्तिको आडमा सञ्चालन भइरहेको प्रकाण्डको आरोप थियो। 

प्रतिक्रिया दिनुहोस्