यी हुन् लोभी सांसद



काठमाडौं: प्रदेशका सांसदले पनि अनियमित रुपमा घरभाडा लिने गरेका छन्। प्रदेश राजधानीमै घर हुने र सरकारी आवासमा बस्नेले समेत घरभाडावापतको सुविधा बुझ्ने गरेका खबर नयाँ पत्रिका दैनिकले छापेको छ ।

 

प्रदेश १ मा संघीय समाजवादी फोरम संसदीय दलका नेता जयराम यादव, नेकपाकी मीना यादव र लीलाबल्लभ अधिकारी तथा कांग्रेसकी बिन्दिया कार्कीको प्रदेश राजधानी विराटगरमा घर छ। तैपनि उनीहरुले मासिक १५ हजारका दरले प्रदेशसभाबाट घरभाडा रकम बुझिरहेका छन् ।

 

प्रदेश २ का कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले आफ्नै घरमा बसेर सरकारबाट घरभाडा बुझ्दै आएका छन्। यादवसहित १४ सांसदले जनकपुरमै घर भएर पनि घरभाडा बुझ्ने गरेका हुन् ।

 

प्रदेश ३ का केही सांसदले घरभाडाबापत आधा रकम बुझ्ने गरेका छन्। पोखरामा घर हुने गण्डकी प्रदेशका केही सांसदले भने आफ्नो घर पोखरामा नभएको भन्दै संसद्लाई ढाँटेर घरभाडा बुझ्ने गरेका छन् ।

 

प्रदेश ५ को बुटवलमै घर हुने सांसदले पनि घरभाडा बुझ्ने गरेका छन्। कर्णाली प्रदेशका सांसद भने सरकारी क्वाटरमा बस्छन्। घरभाडाबापट रकम लिएर खल्तीमा हाल्छन् । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा दुईवटा घर हुने सांसदले समेत संसदबाट घरभाडा बुझ्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्