दाङ निर्वाचन क्षेत्र नं. ३ (ख) मा कांग्रेस र नेकपाबीच कडा टक्कर



दाङ : दाङ निर्वाचन क्षेत्र नं ३ को प्रदेश सभा (ख) का सांसद उत्तरकुमार वलीको कार दुर्घटनामा परी निधन भएपछि सो क्षेत्रमा पनि उपचुनाव हुँदैछ ।

सो निवर्चन क्षेत्रमा नेकपाले स्व. वलीको निधनपछि उनकै श्रीमति कमला वलीलाई उम्मेदवार बनाएको छ । त्यस्तै कांग्रेसले केशव आचार्यलाई उम्मेदवार बनाएको छ ।

गत निर्वाचनमा वलीले २३ हजार ९ सय ७० मत प्राप्त गरेका थिए भने उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका बुद्धिराम भण्डारीले १७ हजार ५ सय ३५ मत ल्याएका थिए । वलीले ६ हजार ५ सय ३५ मतान्तरले जितेका थिए । त्यस्तै मालेका टोपबहादुर डाँगीले ९ सय १० पाएका थिए ।

६५ हजार ८ सय २ मतदाता रहेको यस निर्वाचन क्षेत्रमा ४४ हजार ६ सय ५१ मत खसेको थियो । २ हजार २ मत बदर भएको थियो भने ४२ हजार ६ सय ४९ मत सदर भएको थियो । यस क्षेत्रमा यस पटकको निर्वाचनमा कांग्रेस र नेकपाबीच कडा टक्कर पर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्