क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा प्रहरी हवल्दार पक्राउ



पाल्पा: सशस्त्र प्रहरी हवल्दार दिलिप बहादुर गुरुङ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा पक्राउ परेका छन्।

 

उनलाइ शसस्त्र प्रहरी गुल्म पाल्पाको जिम्मा लगाइएको पाल्पाका एसपी विश्वमणि पोखरेलले बताए। उनलाई विभागीय कारबाही हुने बताइएको छ।

 

हवल्दार गुरुङलाई पाल्पाको क्राउन प्लाजा होटलबाट पक्राउ गरिएको हो।

प्रतिक्रिया दिनुहोस्