नयाँ संरचनामा निजामती कर्मचारीको दरबन्दी १ लाख ३८ हजार



काठमाडौं: सरकारले निजामती कर्मचारी समायोजनका लागि देशभर १ लाख ३८ हजार १७८ दरबन्दी कायम गरेको छ । संघमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ समायोजन गरिने बताए । ३ तहमा नयाँ संरचनाअनुसार कुल १ लाख ३८ हजार १७८ कर्मचारी समायोजन गरिने बताइएको छ ।

 

दरबन्दी निश्चित भएकाले बुधबार नै कर्मचारी समायोजन फारम भर्न आह्वानसहित सूचना जारी गर्ने तयारी सरकारले गरेको छ । त्यसका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पत्रकार सम्मेलन आयोजना गरेका छन् ।

 

कर्मचारी समायोजनका लागि बुधबारदेखि अनलाइन सफ्टवेयर सुरु गरिने भएको छ ।मन्त्री पण्डितले केन्द्र, प्रदेश र स्थानीय तहका लागि कर्मचारी समायोजन गर्न अनलाइन सफ्टवेयर सुरु गर्न लागिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्