कुमारी चेपाङको धमकेदार गीत ‘जोबान राम्रो’ (भिडियो सहित)




काठमाडौ : लोकगीतको दुनियाँमा फेरी अर्को ईट्टा थप्ने काम गरेकी छिन कुमारी चेपाङले । उनले हालै मात्र बजार ‘जोबान राम्रो’ बोलको गीत ल्याएकी छन् । गीतमा कुमारी चेपाङलाई कुमार पुनले साथ दिएका छन् ।

मिठो स्वरकी धनी चेपाङ एक दशकभन्दा लामो समयदेखि लोकसंगीतमै समर्पित भएर लागेकी छिन । तुलाराम विरहीको शब्द रहेको सो गीतमा कुमारीका श्रीमान खड्ग चेपाङले संगीत भरेका छन् । म्युजिक भिडियोमा चर्चित मोडल शंकर बिसी र रिना थापा मगरले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्