प्रहरीमा तीन हजार दरबन्दी थप



काठमाडौं : सरकारले नेपाल प्रहरीमा तीन हजारभन्दा बढी दरबन्दी थप गरेको छ । करिब ७५ हजार जनशक्ति कार्यरत रहेकोमा थप तीन हजार १०१ अधिकृत तथा जवानको दरबन्दी स्वीकृत भएको हो । 

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा प्रहरी चौकी स्थापना गर्ने अवधारणाअनुसार तीन हजारभन्दा बढी अधिकृत तथा जवानको जनशक्ति थप भएको जानकारी दिए । 

थपिएकामध्ये ९५ प्रतिशत जवान र बाँकी अधिकृत तथा जुनियर अधिकृतको दरबन्दी रहेको प्रहरी मुख्यालयले जनाएको छ । साधनस्रोत र हरेक काम प्रविधिमैत्री बनाउने हो भने जनशक्ति थप्ने बोझिलो निर्णयबाट सरकार मुक्त हुनसक्ने जानकारहरु बताउँछन् । 

अहिलेको पारिश्रमिक अनुसार एक जना जवानकालािग सरकारलाई वार्षिक चार लाख ५० हजारभन्दा बढी आर्थिक भार पर्न जान्छ । आजको कारोबार दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्