पशुपतिमा भारतीय क्रिकेटर सचिनको आधा घण्टा



काठमाडौं : गत शुक्रबार गोप्य रुपमा काठमाडौं आएका भारतीय क्रिकेटर सचिन तेन्दुलकरले आज (आइतबार) पशुपतिनाथको दर्शन गरेका छन् ।

युनिसेफको पोषणसम्बन्धी जन चेतना कार्यक्रममा सहभागी हुने नेपाल आएका तेन्दुलकरले आज बिहान पशुपतिनाथको दर्शन गरेका हुन् । उनले पशुपतिमा करिब आधा घण्टा विताएका थिए ।

उनी काठमाडौंका द्वारिका होटेलमा बसेका छन् ।

युनिसेफको सदभावना दूत रहेका तेन्दुलकरले कीर्तिपुरको मैदानमा शनिबार नेपालका पूर्व खेलाडी बिनोद दासको टिमसँग च्यारिटी खेल खेलेका थिए ।

संयुक्त राष्ट्र संघबाट बालअधिकार सम्बन्धि महासन्धि पारित भएको ३० वर्ष पुगेको उपलक्ष्यमा यूनिसेफ नेपालले यो कार्यक्रम आयोजना गरेको थियो । महान भारतीय क्रिकेटर सचिन यूनिसेफको दक्षिण एसिया क्षेत्रका सद्भावना राजदूत पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्