अवार्नेस ईन्टरनेशनल एकेडेमीकाे प्रिन्सिपलमा घिमिरे



काठमाडौ : काठमाडौको शंखमुलस्थित अवार्नेस ईन्टरनेशनल एकेडेमी(एआईए)को प्रिन्सिपलमा विमल घिमिरे नियुक्त भएका छन् ।

विभिन्न सामाजिक क्षेत्रमा समेत कृयाशील घिमिरे एक जुझारु, परिश्रमी र लगनशील व्यक्तिका रुपमा परिचित छन् । लामो समय एआईएमा संलग्न रहँदै विभिन्न रचनात्मक कार्य समेत उनले गर्दै आएका छन् ।

भाषिक व्याकरणलाई गीतमार्फत जनमानसबीच ल्याउने कार्य गरेका घिमिरेले जिल्लाहरुको नाम समेत सहज ढंगले सम्झिने गरी गीत बजारमा ल्याएका छन् । नवनियुक्त प्रिन्सिपल घिमिेरेलाई एआईएका अध्यक्ष हरि ज्ञवाली लगायतले बधाई तथा शुभकामना दिएका थिए ।

घिमिरेले प्रिन्सिपलको जिम्मेवारी लिदै बहाली समेत गरेका छन् । सामाजिक भावना भएको, शिष्ट , विनम्र र अनुभवी व्यक्तिले संस्थाको गरिमालाई अझ उचाइ प्रदान गर्नुहुने कुरामा हामी विश्वस्त रहेको अध्यक्ष ज्ञवालीले बताए । त्यसअघिका प्रिन्सिपल विष्णुप्रसाद अर्यालले विद्यालयलाई यो उचाइ दिँदादिँदै थप प्रगतिको अपेक्षासहित नेतृत्व हस्तान्तरण गरेको बताए । अर्याल पिएचडी गर्नका लागि विद्यालयबाट बिदा लिएका हुन ।

प्रतिक्रिया दिनुहोस्