प्रहरीको कुटाईबाट सेनाको मृत्यु भएपछि राजमार्ग अवरुद्ध



चितवन : नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा कार्यरत नेपाली सेनाका जवानको प्रूहरी नियन्त्रणमा रहेका बेला मृत्यु भएपछि यसको विारेधमा राजमार्ग अवरोध गरेको छ । स्थानीले सडकमा बार हालेर अवरोध गरेका छन् ।

सडक खुलाउने प्रयास भइरहेको चितवनका प्रहरी प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । सडक अवरुद्ध भएपछि राजधानी काठमाडौं जाने र काठमाडौंबाट देशका विभिन्न भागमा जाने सवारी साधन बीच बाटोमा नै रोकिएका छन् । इच्छाकामना गाउँपालिका–५ मुग्लिन घर भएका नेपाली सेनाका जवान २८ वर्षीय राम कँडेलको शुक्रबार विहान मृत्यु भएको हो ।

शनिबार राति इच्छाकामना मन्दिरमा लागेको मेलामा अभद्र व्यवहार गरेपछि प्रहरीले कँडेललाई पक्राउ गरेको थियो । अस्थायी प्रहरी पोष्ट फिस्लिङमा राखिएका उनी भवनको बरण्डाबाट भाग्ने क्रममा हामफाल्दा गम्भीर घाइते भएको प्रहरीले बताएको छ । घाइते कँडेललाई उपचारका लागि भरतपुर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक कँडेलको शव भरतपुर अस्पताल शव गृहमा राखिएको छ ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार घटनाको अनुसन्धानका लागि दुईजना प्रहरीलाई नियन्त्रणमा लिइएको छ । कँडेल बिहान ७ः३० बजे बरण्डाबाट हामफालेका थिए ।

चितवनका प्रहरी प्रमुख एससी मल्लले सैनिक जवान कँडेलले जात्रामा होहल्ला गरेपछि प्रहरीले सम्झाउँदा प्रहरीमाथि नै कुटपिट गरेपछि पक्राउ गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्