सिटीहल बनाउदै भरतपुर महानगर



भरतपुर महानगरपालिकाले महत्वपूर्ण आयोजनाको रुपमा लिएको भरतपुर महानगरीय सिटी हल बन्ने भएको छ । भरतपुर महानगरपालिकाले जिल्ला समन्वय समिति मातहत रहेको गेष्ट हाउस चौरमा ४ बिघा ११ कठ्ठा क्षेत्रफलमा अन्तर्राष्ट्रियस्तरको सिटीहल निर्माण गर्ने भएको हो ।

 बुधबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, जिल्ला समन्वय समितिका प्रमुख कृष्णराज डल्लाकोटी, जिल्लास्थित राजनैतिक दलका प्रमुख सहभागी बैठकले गेष्ट हाउस चउरमा रहेको जमिनमै सिटीहल निर्माण गर्ने सहमति गरेको हो ।

सिटीहल निर्माणका लागि शहरी विकास मन्त्रालयले ५० करोड बजेट विनियोजन गरिसकेको र त्यसलाई सम्पन्न गर्न आवश्यक थप बजेट उपलब्ध गराउने सहमति भएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रातोपाटीलाई बताइन् ।

 महानगर प्रमुख दाहालले भनिन् ‘विगतमा राजनैतिक सहमति नबन्दा सिटीहल कहाँ बनाउने भन्ने समस्या थियो । महानगरले थुप्रै ठाउँहरुमा जग्गाको खोजी गरेको थियो । जिल्ला समन्वय समितिले महानगरको आग्रहलाई स्वीकारेर जग्गा उपलब्ध गरायो अब सिटीहल बन्छ ।’ जग्गाका स्थिति अनुसार यसको डिजाइन इष्टिमेट र आवश्यक प्राविधिक काम छिट्टै सुरु हुने दाहालले बताइन् ।

कस्तो बन्छ सिटीहल ?

भरतपुर महानगरपालकाले निर्माण गर्न लागेको महानगरीय सिटीहल अन्तर्राष्ट्रिय स्तरको हुने भएको छ । जसमा ५ हजार सिट क्षमताको मुख्य सभाहल र ५ सय क्षमताको ३ वटा हल र थुप्रै साइटलाइन मिटीङ्गहलहरु हुने छन् ।

सभाहलमा अत्याधुनिक लाइट सिस्टम, साउन्ड सिस्टम, पर्याप्त पार्किङ्ग, मनोरम बँगैचा, फुटकोडका साथै सुपथ कक्षासमेत हुने छ । भरतपुर महानगरपालिकाले पत्र दिनसाथ सोको डिजाइनको काम थाल्ने शहरी पिटिओ चितवनका डिभिजन कार्यालयका प्रमुख कुमार घिमिरेले बताए ।

भरतपुरको ठुलो पूर्वाधार

देशकै मध्यभागमा रहेको भरतपुर महानगरपालिका पछिल्लो समय अगाडि बढिरहेको छ । सहरीकरणको दृष्टिकोणले तीव्र गतिमा आगाडि बढिरहेको छ । पर्यटनको तेस्रो गन्तव्यको रुपमा रहेको चितवनमा पछिल्ला दिनहरुमा ठूला पर्यटकीय होटलहरुका निर्माण र संचालन पनि गुणत्मकरुपमा भइरहेको छ । सिटीहलको निर्माणसँगै राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय सभा–समारोहहरु पनि चितवनमै केन्द्रित हुने निश्चित छ ।

दुर्लभ एक सिङ्गे गैँडाको प्रमुख वासस्थान चितवन राष्ट्रिय निकुञ्ज, सफा र स्वच्छ नारायणी र राप्ती नदी, हिन्दुहरुको आस्थाको केन्द्र देवघाट धाम र राजधानिबाट नजिक हुनु र अन्तर्राष्ट्रिय स्तरको सिटीहल निर्माणले चितवन र भरतपुरको विकासमा महत्वूर्ण भूमिका खेल्ने चितवनवासीको विश्वास रहेको छ ।

त्यसो त भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणको काम पनि अन्तिम चरणमा पु¥याएको छ । त्यस्तै, महानगरीय रिङ्गरोड र लिङ्करोडको काम पनि सूरु गरिसकेको छ ।

सटीहल निर्माणमा काँग्रेसको अवरोधले ढिला

भरतपुर महानगरपालिकाले सिटीहल निमाणका लागि नगर कार्यपालिकाको १४ औँ बैठकबाट सर्वसम्मतले पारित गरी भरतपुर वडा नम्वर ६ र ५ मा रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल परिसरमा रहेको ७६ बिघा जग्गामध्ये ५ बिघा जमिनमा सिटीहल बनाउने निर्णय ग¥यो । सो निर्णय पूर्व नै बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल संचालक समितिको बैठकले पनि भरपुर महानगरपालिकाको सिटीहल निर्माणका लागि ५ बिघा जमिन उपलब्ध गराउने निर्णय गरेको थियो । सोही बमोजिम आश्यक सम्पूर्ण प्रक्रिया स्वास्थ्य मन्त्रालय हुँदै मन्त्रीपरिषद बैठकमा जाने तयारीमा थियो । अचानक नेपाली काँग्रेसले विरोध हाल्यो ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको जमिनमा अन्य पूर्वाधार बनाउनै पाइँदैन÷हुँदैन भन्ने काँग्रेसको जिल्लादेखि केन्द्रसम्मको दबाव आयो । क्यान्सर अस्पतालले ७६ बिघामध्ये करीव १० बिघा क्षेत्रफलमा पूर्वाधार निर्माण गरेको छ । भने बाँकी जमिनमा अहिले पनि झाडी, बोटबिरुवा मात्र छन् । अन्ततः काँग्रेस सिटीहलमा चुके पनि नयाँ ठाउँमा महानगरको भव्य सिटी निर्माण हुनेभएकोमा चितवनवासी खुसी छन् ।

प्रतिक्रिया दिनुहोस्