गाेरखाका विकट गाउँमा सहुलियतको चामल पुगेन



गोरखा: दशैँ नजिकिँदै गर्दा गोरखाको विकट उत्तरी क्षेत्रका लागि सरकारले सहुलियतमा दिने गरेको चामल अझैसम्म पुग्न सकेको छैन । उत्तरी क्षेत्रका साविकका १३ गाविसका स्थानीयवासीलाई सहुलियत दरमा बिक्री गर्न लैजानुपर्नेमा आर्थिक वर्ष शुरु भएको साढे ३ महीना बितिसक्दा पनि चामल ढुवानी हुन नसकेको हो । 

 

नेपाल खाद्य संस्थान गोरखाले चामल ढुवानी गर्न असारमै टेण्डर आह्वान गरेको भए पनि टेण्डर प्रक्रिया पूरा नहुँदा चामल ढुवानी शुरु हुननसकेको संस्थानका डिपो प्रमुख शिवराज घिमिरले जानकारी दिए । “असार महीना शुरु भएलगत्तै दुवै डिपोका लागि टेण्डर आह्वान गरिएको हो, तर माछाखोला डिपोको लागि मात्र भर्खर स्वीकृति प्राप्त भएको छ”, डिपो प्रमुख घिमिरले भन्नुभयो, “समयमै टेण्डर आह्वान गरेपनि स्वीकृत नभएकाले चामल ढुवानी हुन नसकेको हो  ।” 

 

संस्थानले माछाखोला डिपोका लागि ठेक्का प्रक्रिया पूरा गरेको भए पनि त्यहाँका लागि समेत अझै सम्झौता हुन भने बाँकी रहेको घिमिरले बताए । समयमा सम्झौता हुन नसक्दा माछाखोला डिपोमा पनि दशैँअघि चामल पुर्‍याउन नसक्ने उनले जानकारी दिए । खाद्य संस्थानले माछाखोला डिपोमा चालु आर्थिक वर्षका लागि २५ सय क्विन्टल चा मल ढुवानी गर्नुपर्नेछ । 

 

चालु आर्थिक वर्षमा संस्थानले माछाखोला डिपोका लागि प्रतिक्विन्टल रु एक हजार ९५० मा चामल दुवानी गर्ने गरी प्रगति निर्माण सेवासँग सम्झौता प्रक्रिया अघि बढाएको घिमिरेले जानकारी दिए । यता सिर्दिबास डिपोका लागि भने असारमा खुलाएको टेण्डर प्रक्रिया नमिलेपछि भदौमा पुनः टेण्डर आह्वान गरिएको डिपो प्रमुख घिमिरेको भनाइ छ । 

 

संस्थानले चालु आवमा सिर्दिबास डिपोका लागि सदरमुकामबाट दुई हजार क्विन्टल चामल दुवानी गर्नुपर्नेछ । 

 

गोरखा सदरमुकामदेखि आरुघाटको सोतीबजारसम्म यातायात साधन प्रयोग गरी चामल ढुवानी गर्ने भए पनि सोती बजारदेखि माथि खच्चडलाई बोकाएर लैजानुपर्ने बाध्यता छ । खाद्य संस्थान गोरखाले माछाखोला डिपोबाट वितरण गर्ने अनुदानको चामल जिल्लाको साविकका केरौजा, उहिया, काशीगाउँ, लापु, गुम्दा र लाप्राकका साविक गाविसका बासिन्दालाई वितरण गर्दै आएको छ । त्यस्तै सिर्दिबास डिपोबाट वितरण गरिने चामल सिर्दिबास, ल्हो, प्रोक, छेकम्पार, चुम्चेत, सामागाउँका बासिन्दालाई वितरण गरिदै आएको छ । 

 

अहिले संस्थानको सिर्दिबास डिपोमा १०३ क्विन्टल र माछाखोला डिपोमा ७९० क्विन्टल चामल मौज्जाद रहेको डिपो प्रमुख घिमिरेले बताए । 

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

पर्सा : प्रहरीको अपराध नियन्त्रण टोलिले असइ पदको लागि नक्कली परिक्षा लिई रहेको अवस्था २७

काठमाडौं : खाडीका ४ देशबाट भोलि (बिहिबार) अर्थात अक्टोबर १ देखि नियमित उडान शुरु हुने

काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने भएको छ । बूढानीलकण्ठमा आज

काठमाडौं : सरकारले बझाङकी सम्झना कामीमाथि भएको बलात्कार तथा हत्याका आरोपितलाई कानुनको कठघरामा ल्याउन कडा

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई बुधबार खुलामञ्चमा खाना बाँड्न

चितवन : जिल्ला प्रहरी कार्यालय चितवनले कुटपिटपछि मृत्यु भएको घटनाका आरोपी नेपाली सेनाका एक जनालाई

चितवन : चितवनको माडी नगरपालिकाले अयोध्याधाम निर्माणका लागि जग्गा छुट्याएको छ । मंगलबार बसेको कार्यपालिका

सप्तरी : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक जना कोरोना संक्रमित व्यक्तिको मृत्यु

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसन पूर्वानुमान महाशाखाले आज (बुधबार) आंशिक बदली रही

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनबारे

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९४३ सहित देशभर १५१३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : बजारमा स्वस्थ मान्छेको ज्यान लिने विषाक्त रसायन मिसाइएका स्यानिटाइजर फेला पर्ने क्रम रोकिएको