सोल्टी होटलबाट किन बाहिरिँदै छ हङकङ ?



काठमाडौं : काठमाडौंको पाँचतारे होटल सोल्टीबाट हङकङको होलिडे इन्स इन्भेस्टमेन्ट लिमिटेडले आफूले लगानी गरेको १० प्रतिशत लगानी फिर्ता लाने भएको छ । लगानी फिर्ता लानका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाइसकेको उक्त कम्पनीले आफ्नो शेयर भने नेपालमै बेच्ने भएको छ । यस अतिरिक्त हाल सोल्टीमा इन्टरप्राइज प्रालिको ३९ दशमलव ५७, वायुसेवा निगमको १२ दशमलव २६ र सर्वसाधारणको ३८ दशमलव १७ प्रतिशत लगानी रहेको छ ।

नेपालको सबैभन्दा ठूलो पाँचतारे होटलको रुपमा चिनिने होटल सोल्टी २०२२ सालमा स्थापना भएदेखि यसले नेपालको प्रतिष्ठाको रुपमा काम गर्दै आएको छ । विदेशी पाहुना, पर्यटक तथा राज्य आमन्त्रित भीभीआईपीको सुरक्षित शेल्टरका रुपमा होटल सोल्टीले काम गर्दै आएको छ ।

यसो गरेर होटल सोल्टीले नेपालको पर्यटन व्यवसायमा निकै ठूलो टेवा पनि पुर्याउँदै आएको छ । दुई वर्षअघि ५०औं वार्षिकोत्सव मनाइसकेको यो तारे होटलले २०२२ मंसिर १० गते तात्कालीन राजा महेन्द्रले उद्घाटन गर्दा सयवटा कोठाबाट सेवा शुरु गरेको थियो ।

सोल्टी होटलमा हाल विभिन्न कम्पनीले तीन अर्ब लगानी गरेका छन् । हङकङको उक्त कम्पनीले बिक्री गर्ने सेयर पनि होटल सोल्टीकै अर्को लगानीकर्ता कम्पनीले खरिद गर्ने सहमती भएको छ । उक्त शेयर सोल्टी इन्टरप्राइजेज कम्पनीले लिन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्