श्रीलंकाका नयाँ राष्ट्रपतिमा गोतबाया राजपाक्षे निर्वाचित



श्रीलंका : श्रीलंकाका नयाँ राष्ट्रपतिमा गोतबाया राजपाक्षे निर्वाचित भएका छन् । शनिबार भएको राष्ट्रपतिको निर्वाचनमा उनी ५४ प्रतिशत भन्दा बढी मत लिएर निर्वाचित भएका हुन् ।

विजयी राजापाक्षे सत्तारूढ दल युनाइटेड नेशनल पार्टीका उम्मेदवार सजिथ प्रेमदासालाई हराएर विजयी भएका हुन् । निर्वाचन परिणाम स्वीकार गर्दै सजिथले राजपाक्षेलाई बधाइ तथा कार्यकालको शुभकामना दिएका छन् । गोतबाया पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेका भाइ हुन् ।

दाजु महिन्दा राजापाक्षेले तमिल विद्रोही समूह ‘लिट्टे’ लाई दमन गरी सिध्याएका थिए । सन् २००५ देखि २०१५ सम्म श्रीलंकाका राष्ट्रपति भएका राजा पाक्षेको श्रीलंकाका सिंहालीहरु माझ अझै पनि राम्रो प्रभाव रहेको बताइन्छ । यसको अभिव्यक्ति वर्तमानमा गोतबाया राजापाक्षेको विजयमा अभिव्यक्त हुन पुगेको राजनीतिक विश्लेषकको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्