गढीमाई मेला आजदेखि शुरु, यस्तो छ तयारी (फोटोफिचर)


वीरगन्ज : विश्व प्रसिद्ध बाराको गढीमाई मेला आज (आइतवार) देखि शुरु भएको छ । प्रत्येक पाँच वर्षमा एक पटक बाराको महागढीमाई–१ स्थित बरियारपुरमा लाग्ने गढीमाई मेलामा लाखौं भक्तजनको भीड लाग्ने गरेको छ । मंसिर १ गतेदेखि शुरु भएको मेला एक महिनासम्म लाग्ने छ ।

लामो समय राजनीतिक विवादमा फसेको गढीमाई मेलाका लागि केही दिन अगाडी मात्रै समिति गठन भएको थियो । मेलाका लागि ७२ सदस्यीय मूल व्यवस्थापन समिति र १४ वटा उपसमिति बनाइएको छ । लाखौंको संख्यामा आउने भक्तजनको व्यवस्थापन मेला समिति र सुरक्षाकर्मीका लागी मुख्य चुनौती बन्ने गरेको छ ।

मंसिरको दोस्रो सातादेखि मेलामा भीड बढ्ने मेला समितिले जनाएको छ ।

मेला समितिले मंसिर १७ र १८ गते पशुबलीको तयारी गरेको छ । पशुबलीको समय नजिकिएपछि मेलामा भक्तजनको भीड बढ्ने गर्दछ । मेला व्यवस्थापन मुल समितिका महासचिव मोतिलाल कुशवाहाले पशुबलीको समयमा भक्तजनको धेरै भीड लाग्ने हँदा त्यसै अनुसारको तयारी भइ रहेको जानकारी गराए ।

विश्व कै बढी बली चढने शक्तिपिठहरु मध्येको एक हो, गढीमाई । यस मेलामा भारतबाट मात्रै ६५ प्रतिशत आउने गरेको समितिले जनाएको छ ।

मंसिर १७ गतेदेखी मन्दिर परिसरमा भाकल गरेका परेवाहरु उडाउने गरिन्छ भने सोही राति विधिवत पुजा आरधाना गरेपछि १२ बजेको शुभ साइतमा ब्रहम स्थानमा पञ्चवली बोका, मुसा, कुखुरा, सुंगुर, हाँस र बनारसका डोम राजाले पठाएको राँगाको बलिपछि सम्पूर्ण राँगाको बली खुल्छ । यसैगरी १८ गते सुविधा अनुसार बली दिइन्छ ।

मेलालाई व्यवस्थित पार्न मंसिर पहिलो सातादेखि ट्राफिक प्रहरीसहित एक हजार सुरक्षाकर्मी परिचालन गर्ने बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) रञ्जितसिंह राठौरले जानकारी दिए ।

साथै मेलाको सुरक्षाका लागि विभिन्न स्थानमा ६० वटा सिसिटिभी क्यामरा जडान भइरहेको र ड्रोन केमराबाट समेत निगरानी गर्ने तयारी गरिरहेको प्रहरी नायव उपरीक्षक राठौरले बताए ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– शुक्रबार नेपालमा कोरोनाभाइरसका १ सय १८ जना संक्रमित थपिएका छन्। योसँगै कोरोना संक्रमितको संख्या

काठमाडौं– लगातार वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढेको छ । शुक्रबार बिहानसम्म सप्तकोसी ब्यारेज भएर

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक एक साताको लागि स्थगित भएको छ

काठमाडौं : कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि लागू गरिएको बन्दाबन्दीमा महिला तथा बालिकामाथि हुने हिंसाका घटनामा

काठमाडौंः नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात संचालनको बारेमा बैठकपछि मात्र आधिकारिक धारणा दिने भएको

काठमाडौंः राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारीले सरिता गिरीको कारवाहीप्रति टिप्पणी गरेकोमा आयोगले आपत्ति

काठमाडौं– नेपालमा बिहीबार १ सय ८ जना कोरोना संक्रमित थपिएका छन् ।योसँगै कोरोना संक्रमितको संख्या

काठमाडौं– जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी

पोखरा : गण्डकी प्रदेशमा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य

काठमाडौं– गएराति सिन्धुपाल्चोकको भोटेकोसी र अन्य साना नदिमा आएको बाढिले पु¥याएको जनधनको क्षतिप्रति नेपाली कांग्रेस

काठमाडौं : सांसद सरिता गिरीलाई समाजवादी पार्टीले कारवाही गरी पदबाट हटाएपछि उनको ठाउँमा लीला सिटौला

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको भोटेकोशी नदिमा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने १८