हिन्दु राष्ट्रको लागि चरणवद्ध संघर्ष आवश्यक : पशुपति शमशेर जबरा



वीरगन्ज : राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर राणा जबराले ८१ प्रतिशत हिन्दु रहेको देशमा हिन्दु राष्ट्र नै हुनु पर्ने बताएका छन् ।

गत कात्तिक २८ गते प्रदेश २ को अस्थायी राजधानी जनकपुरबाट शुरु भएको बैदिक, सनातन हिन्दु, धर्म जागरण अभियान सिता–बुद्ध रथ यात्रा आज (आइतबार) पर्साको वीरगन्ज हुदै पोखरियामा पुगेको छ ।

वीरगन्जको घण्टाघर चौकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष जबराले हिन्दुको बाहुल्यता भएको राज्यमा धर्मनिरपेक्षता हुनुहुन्न, विदेशीको इशारामा धर्मनिरपेक्षता गर्नु दुःखद रहेको बताए ।

अध्यक्ष जबराले नेपालको धर्म र संस्कृतिमाथि विदेशी शक्तिहरुले प्रहार गरी धर्म निरपेक्षता घोषणा गरेकाले चरणबद्ध यात्राको आरम्भ भएको बताए । उनले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नु बाहेकको विकल्प नरहेको जिकिर समेत गरे । नेपाल हिन्दु राष्ट्र भएमा हिन्दुस्तान र चीन समेतले स्वागत गर्ने उनको भनाइ छ ।

अभियानमा अध्यक्ष जबरासहित नेता प्रकाशचन्द्र लोहोनीलगायतका केन्द्रीय नेताहरुको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस्