स्थायी राजधानी टुंगाउन आग्रह



बुटवल : प्रदेश ५ को प्रदेशसभा बैठकको विशेष समयमा स्थायी राजधानीबारे कुरा उठेको छ। प्रदेशसभा सदस्य इन्द्रप्रसाद खरेलले स्थायी राजधानीको टुंगो लगाउन प्रदेश सरकारसँग आग्रह गरे ।

 

स्थायी राजधानी टुंगो लगाउन गठित विशेष समितिमा कतिपय जिल्लाका प्रदेशसभाका सदस्य नपरेको गुनासो पनि उनले गरे। प्रदेशसभाले ३ महिनाअघि प्रदेशको स्थायी राजधानी तथा नामकरणका लागि विशेष समिति गठन गरेको थियो । समितिको तीनमहिने अवधिमा पनि प्रतिवेदन नआएपछि प्रदेशसभाले फेरि म्याद थप गरेको थियो ।

 

तीन विधेयक पेस

प्रदेशसभा बैठकमा तीन विधेयक पेस भएका छन्। भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले दाना पदार्थ सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक, मल व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र पशु स्वास्थ्य तथा पशु सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेश गरेका अन्नपुर्णमा खवर छ ।

 

यसअघि विशेष समयमा उठेका भौतिक पूर्वाधारसँग सम्बन्धित विषयको जवाफ दिँदै भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले सङ्घीय सरकारको सडकको योजना प्रदेश सरकारलाई हस्तान्तरण नभएको जानकारी दिँदै पूँजीगत खर्चअन्तर्गत रुपन्देही र दाङमा रु चार करोड भुक्तानी दिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्