२२२ रोपनीमा राष्ट्रपति कार्यालय, चिल्ड्रेन पार्क पनि बनाइने



काठमाडौं : सहरी विकास मन्त्रालयले राष्ट्रपति कार्यालय र निवासलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानले चर्चेको जग्गासहित २२२ रोपनीमा विस्तार गर्ने भएको छ । 

मन्त्रालयले तयार पारेको गुरुयोजनामा राष्ट्रपति कार्यालय र निवास परिसरमा पाहुनाघर, हेलिप्याड, परेड खेल्ने मैदान, लाइब्रेरी, स्वास्थ्य केन्द्र, मिटिङ हल निर्माण गरिने उल्लेख छ । 

त्यसैगरी स्विमिङपुल, सेरोमोनियल गेट, गार्ड अफ अनर, चिल्ड्रेन पार्क, कर्मचारी तथा कामदार आवस गृह र पार्किङस्थल निर्माण गरिनेछ । 

शहरी विकसमन्त्री मोहम्मद इस्तियाक राईले बुधबार पत्रकार सम्मेलन गर्दै करिब तीन वर्षभित्र सम्पन्न हुनेगरी गुरुयोजना तयार गरिएको जनकारी दिए । ‘गुरुयोजना तयार भएको छ, त्यसबारे थप छलफल जारी छ’ उनले भने ‘माघ मसान्तभित्र सम्पूर्ण खाका तयार हुन्छ।’

उनले गुरुयोजनाअनुसरा संरचना बनाउने र त्यहाँ रहेका काम लाग्ने स‌ंरचना बनाउने र त्यहाँ रहेका काम लाग्ने संरचना नभत्काउने जारी दिए । फागुन मसान्तदेखि निर्माण शुरू गर्ने उनले बताए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्