नेपालसँग साईनो गाँसिएका बलिउड कलाकार



काठमाडौं : बलिउड प्रतिको लगाव नेपालमा राम्रै छ । हिन्दी गीत संगित होस् वा चलचित्र, नेपालीहरुको आकर्षण देखिन्छ । त्यहि बलिउडमा यस्ता कलाकारहरु छन् जसको सम्बन्ध कुनै न कुनै रुपमा नेपालसँग छ । जानौँ ती कलाकारको बारेमा :-

१. माला सिन्हा


कुनै समयकी चर्चित बलिउड अभिनेत्री माला सिन्हा नेपाली हुन् भनेर थाहा नहुने कमै होलान् । उनका बुवा नेपाली क्रिस्चियन हुन् । माइतिघर नामक चलचित्रमा काम गरेर बलिउडमा नै काम गरेकी सिन्हा उनको पालाकी सबैभन्दा धेरै रकम लिने नायिका थिइन् ।

२. गोविन्दा आहुजा


बलिउडका चर्चित नायक गोविन्दा नेपालका ज्वाईका रुपमा पनि परिचित छन् । उनले नेपाली मूलकी सुनितासँग विवाह गरेका हुन् । गोविन्दाले कुनै कार्यक्रमहरुमा जाँदा नेपाली भेटे भने नेपाल आफ्नो ससुराली गाउँ भएको भन्न छुटाउँदैनन् ।

३. भारती सिंह


भारतीय चर्चित हास्यकलाकार हुन्, भारती सिंह । उनको पनि नेपालसँग विशेष सम्बन्ध रहेको छ । उनको आमा पन्जाबी हुन् भने बुवा नेपाली हुन् । राम्रोसँग नेपाली बोल्न सक्ने भारतीले आफ्नो नेपालसँग गहिरो सम्बन्ध रहेको बताउने गर्छिन् ।

४. अहमद खान


बलिउडका चर्चिच कोरियोग्राफर अहमद खानको पनि नेपालसँग साइनो रहेको छ । उनका बुवा भारतीय मुसलमान हुन् भने आमा नेपाली हुन् । भारतीय चर्चित शो डान्स इन्डिया डान्समार्फत उनले धेरैपल्ट आफ्नो आमा नेपाली भएको बताएका छन् ।

५. सृष्टि झा


टेलिभिजनकी चर्चित अनुहार सृष्टि झा नेपाली हुन् । उनी आफ्नो परिवारसँग लामो समयसम्म काठमाडौं बसेकी थिइन् । उनले काठमाडौंको मोर्डन इन्डियन स्कुलबाट आफ्नो स्कुलको शिक्षा पूरा गरेकी हुन् । उनले जी टिभिको कुमकुम भाग्यबाट विशेष चर्चा कमाएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्