अप्ठ्यारोमा आइजिपी खनाल



काठमाडौं : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या घटनामा प्रहरीबाट भएको कमजोरीले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अप्ठ्यारोमा परेका छन् ।

पाँच महिनासम्म पनि निर्मलाका बलात्कारी र हत्यारा पक्राउ नपर्दा आइजिपी खनाल दवावमा छन् ।

केही दिन अघि प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा देखिएको आइजिपी खनालको मुहारले उनको सकस प्रष्ट देखिन्थ्यो । मिडिया फ्रेन्ड्ली छवि र हँसमुख स्वभावका उनको मुहार पत्रकार सम्मेलनभरी मलिन थियो ।

उनको संबोधनमा केही आग्रह थिए, केही आक्रोस । तर, निष्कर्ष केही थिएन । आजको शुक्रबार साप्ताहिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्