बलात्कारपछि हत्या गरिएकी श्रेयाकाे शव नाैं दिनपछि परिवारले बुझ्दै



पोखरा: बलात्कारपश्चात हत्या गरिएकी पोखरा–२२ कि १० वर्षीय श्रेया सुनारको शव आफन्तले बुधबार बुझ्ने भएका छन्। हत्या भएको नाैं दिनपछि परिवारले उनको शव बुझेर दाहसंस्कार गर्ने भएका हुन्।  उनको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ। 

 

श्रेयाको हत्यारा पत्ता लागिसकेको र अपराध पनि स्वीकार गरिसकेको हुनाले आफूहरु शव बुझ्न तयार भएको सानीमा गंगा विकले जानकारी दिइन्। ‘शव बुझेर रामघाटमा दाहसंस्कार गर्ने तयारीमा छौं,’ उनले भनिन्। 

 

असोज ८ गते बिस्कुट किन्न पसल गएकी श्रेया ९ गते मृतावस्थामा फेला परेकी थिइन्। उनको हत्याको आरोपमा छिमकी कुसुम पौडेललाई प्रहरीले पक्राउ गरिसकेको छ।

 

पौडेललाइ जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दामा म्याद थप गरि अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

 

पौडेलले सरकारी वकिल समक्ष पनि अपराध स्वीकार गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्