नेपाल भ्रमण गर्दै क्यानडाका प्रधानमन्त्री जस्टिन टूडो



काठमाडौं : बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले मंगलवारदेखि नेपालको चारदिने भ्रमण गर्दै गर्दा क्यानडाका प्रधानमन्त्री जस्टिन टूडोको भ्रमण पनि निश्चित भइसकेको राष्ट्रपति कार्यालयको स्रोतले बताएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल भ्रमणका लागि आफू तयार रहेको र कुटनीतिक निकाय मार्फत सो का लागि तिथिमिति छिट्टै तय हुने पनि बताइएको छ ।

जनवरी १८ सन् १९६५ देखि नेपाल र क्यानडाबीच कुटनीतिक सम्बन्ध कायम रहिआएको छ । हाल लामो समयदेखि रहँदै आएको ऐतिहासिक तथा जीवन्त सम्बन्धलाई यो भ्रमणले थप गाढा बनाउने विश्वास गरिएको छ ।

नेपालले सन् २००९ मा क्यानडाको ओटावामा आफ्नो दूतावास खडा गरेको छ । क्यानडाले भने दिल्लीस्थित आफ्नो राजदूतलाई नेपालको पनि राजदूतको जिम्मा दिएको छ । तर काठमाडौंमा क्यानडेली कन्सुलेट अफिस राखिएको छ ।

कूटनीतिक सम्बन्ध कायम भएदेखि क्यानडेली सरकारले नेपाललाई भौतिक पूर्वाधार तथा विकास निर्माणमा निरन्तर सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्