किन परे डिआइजी तनावमा ?




वीरगञ्ज : शसस्त्र प्रहरी बल प्रदेश २ का प्रमुख डिआईजी राजु अर्याल यतिखेर आफ्नै सहकर्मीले गलत रिपोर्टिङ गर्ने र भनेको कुरा नटेर्दा अप्ठ्यारोमा परेका छन् । उनी प्रदेश २ को प्रमुख भएर आएपछि प्रदेशका प्रमुख व्यापारीक नाका र तस्करी हुने अखडाहरूमा कार्यरत घुमुवाहरूलाई फेरबदल गरेका थिए ।

तर यसरी फेरबदल गरेपनि अहिले फेरी तिनै घुमुवालाई उनीभन्दा जुनियर अफिसरले परिचालन गरेका छन् । उलाई आफू मातहतको सिनियर अफिरले समेत गुमराहमा पार्ने काम गरेका छन् । उनलाई बाराका निमित्त प्रमुखको जिम्मेवारी पाएका डिएसपी भरत कोइरालाले गुमराहमा पार्दै आएको बताईन्छ ।

उता डिआईजी अर्यालको निर्देशन बेगर डिएसपी भरत कोइरालाले बदनाम घुमुवालाई गणबाहिर परिचालन गराएका छन् । डिआइजी अर्यालले बाहिनीको स्वीकृतबेगर यी बदनाम घुमुवालाई अन्यत्र नपठाउन उर्दी जारी गरेका थिए । तर उनको निर्देशनलाई लत्याउदै घुमुवाहरुलाई परिचालन गरिएको हो ।

यसरी परिचालित भएका घुमुवाहरुमा बीरगन्जमा कार्यरत हवल्दार प्रमोद बैठा र प्रहरी जवान महेश हाजरा रहेका छन् । हवल्दार बैठा र जवान हजारालाई डिआईजी अर्यालले बारास्थित गणमा थन्काएका थिए ।

अहिले निमित्त गणपति बनेका कोइरालाले प्रज महेश हाजरालाई पर्सास्थित राजस्व इकाइ कार्यालयमा रहने गरी त्यो क्षेत्रको रकम असुल्ने जिम्मेवारी दिएर खटाएका छन् भने हवल्दार प्रमोद बैठालाई हाइवेको रकम असुल्ने जिम्मा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्