संसद्‍मा महतोको प्रश्न, ‘प्रचण्ड आन्दोलन गरेर प्रधानमन्त्री बन्ने तर मधेसी जेल बस्नुपर्ने ?’



काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डल संयोजक राजेन्द्र महतोले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एउटै हातबाट ताली नबजाउन आग्रह गरेका छन् । 

बुधबार विधेयक अधिवेशनको पहिलो दिन प्रतिनिधिसभालाई सम्बोधन गर्दै महतोले देशमा सरकारप्रति सबै असन्तुष्ट रहेको अवस्थामा ‘सबै ठिक छ’ भन्नु गलत भएको बताएका हुन् ।

‘देश अस्तव्यस्त छ, सरकारबाट सबै असन्तुष्ट छन् तर प्रचण्डजी भन्नुहुन्छ सबै ठिक छ’, अधिवेशनमा संयोजक महतोले भने । प्रचण्डले सोही अधिवेशनमा बोल्दै देशमा ‘सबै ठिक छ’ भनेपछि महतोले उक्त अभिव्यक्तिप्रति आपत्ती जनाएका हुन् ।

‘जनआन्दोलनमा प्रचण्ड एक्लै थिएनन्। उनलाई सबैले साथ दिएका थिए’, महतोले भने, ‘प्रचण्ड आन्दोलन गरेर प्रधानमन्त्री बन्ने तर मधेसीले आन्दोलन गर्दा जेलमा बस्नुपर्ने ?’ 

सरकारले मधेशका मुद्धाहरूलाई सम्बोधन गर्ने वाचा गरे पनि अहिलेसम्म यसबारेमा कुनै ध्यान नदिएको समेत महतोले आरोप लगाए । सरकारले संघीयता विरोधी काम गरिरहेको समेत उनले आरोप लगाएका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्