वेपत्ता र मेलमिलाप आयोगका अध्यक्ष र सदस्यको नाम सार्वजनिक (नामावलीसहित)



काठमाडौं : वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्य बन्नका लागि रुचि देखाउनेहरुको नाम सार्वजनिक भएको छ ।

सिफारिस समितिले आह्वान गरेको दरखास्त फर्म भरेकामध्ये मापदण्ड पूरा भएका र समितिले थप गरेका समेत ६१ जनाको नाम सिफारिस समितिले सार्वजनिक गरेको हो ।

वेपत्ता र मेलमिलाप आयोगमा पुरानै अनुहार, पीडितहरु आक्रोशित

सिफारिस समितिको हिजो (आइतबार) बसेको बैठकले आज (सोमबार) अध्यक्ष तथा सदस्यको नाम सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष हुन कमलनारायण दास र मधुप्रसाद रेग्मी इच्छुक रहेकोमा सिफारिस समितिले गणेशदत्त भट्टको नाम थप गरेको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्