अखिलमा महरलाई सकस



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को महत्वपुर्ण संगठनको रुपमा रहेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) लथालिङ अवस्थामा रहेको छ ।
नेकपाको महत्वपुर्ण दुई संगठन मध्ये राष्ट्रिय युवा संघ नेपालको एकता टुंगो लगाउँदै बैठक, भेला सम्पन्न भईसकेको छ । तर महत्वपुर्ण भनिएको अर्को संगठन अखिलमा नेतृत्व, संख्या, उमेरहदमा बिवाद हुँदा एकता टुंगो लगाउँन सकस भएको छ ।

तत्कालिन एमाले र माओवादी केन्द्र बीच पार्टी एकता भएको डेढ बर्ष बित्नै लाग्दा भातृसंगठनहरुमा एकता टुंगो लगाउँन सकस भएको छ । त्यसै मध्येको एक अखिलमा केन्द्रीय कमिटी, कार्यालय, सचिवालय, प्रदेश, जिल्ला लगायतमा बिवाद देखिएपछि एकता टुंगो लाग्न नसकेको हो ।

पार्टीले २५१ सदस्यीय केन्द्रीय कमिटी र ९ सदस्यीय कार्यालय बनाउँनुपर्ने निर्देशन दिएको छ । तर अखिलले केन्द्रीय कमिटी ३ सय ३५ सदस्यीय र कार्यालय १५ सदस्यीय हुनुपर्ने भन्दै पार्टीसंग अनुमती मागेको छ ।

अखिलका संयोजक ऐन महरले पार्टीको निर्देशन पाल्ना गर्दै पार्टीकै सहमती र सल्लाहमा एकता टुंगो लगाउँन नियमित छलफलमा रहेको बताए । एकता टुंगो लगाउँन भएको सहमती कार्यान्वयनका लागि पार्टीले अनुमती दिएपछि अन्य काम पनि अगाडी बढने उनले बताए ।

अखिलले टुंगो लगाएको ३३५ सदस्यी केन्द्रीय कमिटीको संख्यामा तत्कालिन एमाले अखिलले १८० र माओवादी केन्द्रको अखिलले १५५ केन्द्रीय सदस्य पाउँनेछन् । कार्यालय, सचिवालय, प्रदेश र जिल्लाको संख्या र नेतृत्व अझै टुंगो लागेको छैन् । अखिलका नेताहरुले केन्द्रको टुंगो लागेसंगै बिस्तारै तल पनि सहमती जुटदै जाने र एकता टुंगो लाग्दै जाने बताउँछन् ।

अखिल संहसंयोजक रंजित तमाङले पार्टीको निर्देशन अनुसार एकता टुंगो लगाउँन छलफल जारी रहेको बताए । केन्द्रीय कमिटीको टुंगो लागिसकेको बताउँदै उनले छिटै नै प्रदेश र जिल्लाको नेतृत्व र संख्या पनि टुंगो लाग्ने बताए ।

एकता टुंगो लगाउँदै बैठक, भेला, प्रशिक्षण लगायतका गतिविधिहरु द्रुतगतिमा अगाडी बढने उनले बताए । दुई ठुला पार्टी बीचको एकता पछि संगठनहरुको एकता पनि टुंगो लगाउन निरन्तर छलफल जारी रहेकाले छिटै नै सबैले जिम्मेवारी पाउँने गरी अगाडी बढने तमाङले बताए ।

अखिल नेता आरसी लामिछानेले एकता टुंगो लगाउँनमा ढिलाई भएको भए पनि छिटै नै टुंगो लाग्ने बताए । आन्तरिक छलफल जारी रहेको बताउँदै उनले पार्टी र संगठनको नेताको सहमती र सल्लाहमै एकता टुंगो लाग्ने बताए ।

अखिलको टुंगो लगाउँदै बिद्यार्थीहरुका माफ नयाँ कार्यक्रम एवं दुतगतिमा बैठक, भेला, प्रशिक्षण लगायतका गतिविधि हुने बताउँदै उनले संगठन निर्माणका काम अगाडी बढने बताए ।

प्रतिक्रिया दिनुहोस्