प्रेस सल्लाहकार थापालाई राज्य मन्त्री सरहको हैसियत



काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीका नव नियुक्त प्रेस सल्लाहकार सूर्य थापालाई राज्य मन्त्री सरहको हैसियत दिइएको छ ।

मन्त्रिपरिषदको निर्णयअनुसार, थापालाई राज्य मन्त्री सरह हैसियतको अधिकार र सुविधा पाउनेगरी मुख्य सचिव लोकदर्शन रेग्मीले आइतबार नियुक्ति पत्र दिएपछि नवनियुक्त प्रेस सल्लाहाकार थापाले आजदेखि काम शुरु गरेका छन् ।

आज प्रधानमन्त्री ओलीले त्रिशुली ए को उदघाटन गर्ने कार्यक्रममार्फत थापाले औपचारिक काम शुरु गरेका हुन । यसअघि प्रेस सल्लाहाकारको कार्यकक्ष उर्जा मन्त्रालयको भुईतलामा रहँदै आएकोमा सल्लाहाकार थापाको कार्यालय भने थापाको कार्यालय प्रधानमन्त्रीकै कार्यालयमा रहने भएको छ । नेकपाका केन्द्रीय सदस्य तथा प्रचार विभागका उपप्रमुख थापा मिडिया परिचालनमा रणनीतिक योजनाकार मानिन्छन् ।

झलनाथ खनाल प्रधानमन्त्री हुँदा पनि सल्लाहाकार रहेका थापा त्यसबेला सहायक मन्त्री सरहको हैसियतमा थिए ।

प्रतिक्रिया दिनुहोस्