मन्त्रीहरुलाई भ्रष्ट भन्दै यसरी गर्जिए माधव नेपाल



काठमाडौ : नेकपा नेतृत्वको सरकारले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरिरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले कतिपय मन्त्रीहरु भ्रष्टाचारमा लिप्त भएको बताएका छन् ।

कतिपय मन्त्रीहरु र कतिपय स्थानीय तहका जनप्रतिनिधिहरु भ्रष्टाचारमा संलग्न भएकोमा आक्रोश व्यक्त गर्दै बरिष्ठ नेता नेपालले यस्तो भनेकको हुन । बरिष्ठ नेता नेपालले कतिपय मन्त्रीहरु आफैले प्रत्यक्ष रुपमा कर्मचारीहरुसँग घुस खाएर सरुवा, बढुवा गर्ने काम गरिरहेको आरोप लगाएका छन् ।

उनले मुलुकमा लुट मच्चाउने र भ्रष्टाचारीको सातपुस्ते सम्पत्ति जफत नगरेसम्म शुसासन कायम नहुने पनि बताए ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले भने,‘कर्मचारीको नियुक्तिमा घुस, सरुवामा घुस, बढुवामा घुस लिने काममा नेता, मन्त्रीहरु आफैं संलग्न छन,’ वरिष्ठ नेता नेपालले स्थानीय तहमा करोडौंको बजेटमा लुट मच्याउने काम भइरहेको उल्लेख गर्दै कडा कार्वाही गर्न पनि सरकारसँग माग गरे ।

स्थानीय तहमा कर्मचारीसँग मिलेर स्थानीय तहले लुट मच्चाइरहेकाले सरकारले उनीहरुमाथि कडा कार्वाही गर्नुपर्ने वरिष्ठ नेता नेपालको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्