सिमा मिचिएकोमा लोक कलाकारहरुले गरे बिरोध



काठमाडौ : भारतले लिपुलेक,कालापानी, लिम्पियाधुरा लगायतको ठाउँलाई राखेर नक्सा तयार भएसँगै नेपालमा त्यसको कडा विरोध भईरहेको छ । यसै सन्दर्भमा राष्ट्रिय लोक तथा दाेहोरी गीत प्रतिष्ठान नेपालले पनि विज्ञप्ति निकालेर बिरोध जनाएको छ ।

प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीद्धारा प्रेषित विज्ञप्तिमा सिमा मिचिएको विषयमा गंभिर ध्यानकार्षण भएको बताउदै नक्सा सच्याउनको लागि कुटनीतिक तवरबाट अगाडी बढ्न सरकालाई आग्रह गरिएको छ । यस्तै राष्ट्रिय स्वाधीनताको पक्षमा सबै कलाकारको एक्यवद्धता जनाउदै भारतको बिस्तारवादी चरित्रको बिरोध गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्