पारसले सोनिका च्याप्दा हिमानी तनावमा



काठमाडौं : पूर्वयुवराज पारसको जीवनमा सोनिका र सोनिकाको जीवनमा पारस संयोगले प्रवेश गरेका देखिन्छन् । तर यिनीहरुको जोडी संयोगले जुराएको भन्दा बढी चर्चामा छ । अर्कोतिर न त पारसले हिमानीसँग सम्बन्ध बिच्छेद गरेका छन्, न त हिमानी पारसको यो लफडामा जोडिन पुगेकी छन् । तर पारस फेमिली भएका मानिस हुन् ।

मजाको कुरा त के भएको देखिन्छ भने सोनिका हिमानीसँग ‘जेलस’ भएको पनि देखिदैन । उल्टै सोनिकाले स्वीकार गर्छिन्– ‘फ्यामिलीसँगको सम्बन्ध त राम्रै देख्छु । सबै देखेको वा सुनेको कुरा मात्र सत्य हुँदैन । हिमानीसँग कुरा गरेकै, छोराछोरीसँग कुरा भएकै देखेकी छु ।’ कुरा गजबको छ र अजीव पनि ।

उता पारसले भने छोराछोरीलाई केही न केही जवाफ दिनु परिरहेको छ । छोराछोरीले उनको लिला देखेर सोनिकालाई त्यो केटी को हो भनी सोधेको प्रश्ननको जवाफ पारस यसरी दिन्छन्– ‘मजस्तै बाटो हराएकी केटीको हो ।’ यो म्यासेज फेरि पारसले सोनिकालाई नै देखाउँछन् । सोनिका पनि यसलाई सकारात्मक रुपमा लिन्छिन् ।

शायद नेपाली मौलिक संस्कारमा विश्वास राख्ने केही धेरैलाई नमज्जा र अनौठो लागे पनि ‘लिभिङ टुगेदर’ का लागि स्वाभाविक नै होला । पास–सोनिकाबीच कुरा त यतिसम्म पनि चल्छ कि पूर्व राजा ज्ञानेन्द्रसँग भेटेर गएपछि ‘बुवासँग मिटिङमा गएर’ आएको पनि बताउँछन् ।

सोनिका मज्जैले स्वीकार गर्छिन् ‘बाहिरफेर भेटघाट र बैठकहरू’ पनि निकै गरिहन्छन् पारस, कार्यक्रमका सेड्युल र गरिएका म्यासेजहरु निकै हेरिरहन्छिन् सोनिका पनि । उसो त सोनिका पूर्वयुवराज पारससँग उनी काठमाडौंदेखि पोखरासम्म, नाइट क्बलदेखि हेलिकप्टरसम्म साथमा देखिन्छिन् ।

सुरुमा ‘म विजनेश पर्सनालिटी र भिजे हुँ, भनेर पारसलाई फेसबुक मार्फत् आफ्नो परिचय दिने सोनिकाले पारसलाई पट्याएरै छाडिन्, लड्याएरै छाडिन् । उता हिमानी पनि अजीवकै मानिस देखिन्छिन् । उनी ढुक्क र निर्धक्क भएर अनि निष्कलंक भएर रहिरहेकी छिन् । सार्वजनिक स्थानमा हँसमुख उपस्थित हुन्छिन् । छोराछारीको रेखदेखमा निकै सतर्क देखिन्छिन् ।

देख्दा विपरीत भए पनि हिमानीको मनसाय पारस सच्चिऊन् भन्ने देखिन्छ र सोनिकाले पनि पारसलाई सच्याउन लागेकै देखिन्छ । यो गजवको संयोग देखिएको छ । के सोनिकाको भूमिका मेडियटरकै होला त ?

प्रतिक्रिया दिनुहोस्