प्रधानमन्त्रीको सिग्नलपछि मेडिकल कलेजमा छापा, यी ९ कलेजमाथि पनि अनुसन्धान हुँदै



काठमाडौ : सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले करोडौं ठगेको आरेपमा ठूला तीन मेडिकल कलेजमा छापा मारेको छ । यसरी छापा मारेको मेडिकल कलेजमा प्रधानमन्त्री केपी ओलीसँग नजिकको सम्बन्ध देखाएर ठग्न पल्केका बसुरुद्धिन अन्सारीको वीरगन्जस्थित नेसनल मेडिकल कलेज, नेपाली कांग्रेस निकट सुनिल शर्माको विराटनगरको नोबल मेडिकल कलेज र प्रा. डा. हरिसचन्द्र न्यौपानेको चितवनको चितवन मेडिकल कलेज रहेको छ ।

विभागले कलेजबाट महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको हो । प्रधानमन्त्री मातहत रहेको सम्पत्ति शुद्धिकरण विभागले प्रधानमन्त्री ओलीको ग्रिन सिग्नलपछि तीन कलेजमा छापा मारेको हो । प्रधानमन्त्री ओलीले ठगी गर्न कलेजहरुलाई उन्मुक्ति नदिन र ठगेको पैसा विद्यार्थीलाई फर्काउन ठाडो निर्देशन दिएका छन् ।

ठगी गरेको आरोप लागेका १२ वटा निजी मेडिकल कलेजमाथिको छानबिन प्रक्रियालाई तीव्रता दिएको विभागले कलेजले कागजात दिन अटेर गरकोले हिजो आइतबार तीनवटा मेडिकल कलेजमा छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको हो । सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र प्रहरी प्रमुखलाई जानकारी दिएर शुक्रबार नै विभागले काठमाडौंबाट ३÷३ सदस्य टोली कलेजमा पठाएको थियो ।

सबैभन्दा बढी ठगी गर्ने यी तीनवटा मेडिकल कलेजको कागजात लिएपछि थप ९ वटा कलेजको विषयमा पनि सतर्कता केन्द्रले सुक्ष्म अनुसन्धान गरिरहेको बताईन्छ । जसमध्ये नेसनल मेडिकल कलेज बीरगन्जले ३२ करोड ३५ लाख ८१ हजार ५ सय ठगी गरेको छ । कलेजले भर्ना र अन्य शीर्षक थपेर अवैध असुली गरेको तथ्य सर्तकता केन्द्रसँग रहेको छ  ।

यसैगरी नोबेल मेडिकल कलेज ले ३५ करोड ४७ लाख ४४ हजार ठगी गरेको तथ्य सार्वजनिक भएको छ । सन् ०१८ मा भर्नामै प्रतिविद्यार्थी सात लाख ४५ हजार र अन्य शीर्षकमा पनि प्रतिविद्यार्थी १७ लाख ९५ हजार सात सय ३२ रुपैयाँ असुली गरेको थियो भने ५० पेइङ विद्यार्थीबाट मात्रै १२ करोड ७० लाख २६ हजार उठाएको थियो । चितवन मेडिकल कलेजले विद्यार्थीबाट तोकिएको शुल्कभन्दा १० देखि १५ लाख रुपैयाँ बढी लिएर करोडौ भ्रष्टाचार गरेको सतर्कता केन्द्रले बताएको छ ।

गण्डकी मेडिकल कलेजले ४३ करोड चार लाख ९० हजार ठगी  गरेको बताईन्छ । उक्त कलेजले सन् ०१७र१८ को ब्याचबाट मात्र १५ करोड ८० लाख ६० हजार ठगेको ठहर  गरेको छ । लुम्बिनी मेडिकल कलेजले विद्यार्थीहरुबाट ३२ करोड ९६ लाख ८४ हजार अवैध असुली  गरेका छन् । छात्रवृत्तिमा पढ्ने १० विद्यार्थीसँग प्रतिव्यक्ति नौ लाख ७२ हजार अतिरिक्त शुल्क लिएको बताईन्छ । सन् २०१८ को ब्याचबाट मात्र ६ करोड ३६ लाख २१ हजार ठगी  गरेका थिए ।

यस्तै युनिभर्सल मेडिकल कलेजले ३२ करोड ७२ लाख ३० हजार ठगी गरेका छन् । उक्त कलेजले छात्रवृत्ति पाएका विद्यार्थीबाट पनि असुली गरेको थियो । सन् २०१६ को ब्याचबाट समग्रमा १२ करोड सात लाख ५० हजार भन्दा बढी असुली गरेको यस कलेजले भर्ना शुल्क बढी लिनुका साथै विभिन्न १५ शीर्षकमा अतिरिक्त असुली गरेका थिए ।

काठमाडौं मेडिकल कलेजले २७ करोड ८१ लाख ६५ हजार १९० रुपैयाँ ठगीगरेको राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ  । सन् ०१८ मा मात्रै ५० जना पेइङ विद्यार्थीबाट ११ लाख २४ हजार नौ सयका दरले पाँच करोड ६२ लाख ४५ हजार बढी असुली गरेको बताईन्छ । यस्तै छात्रवृत्तिका विद्यार्थीबाट प्रतिविद्यार्थी तीन लाख ४१ हजार असुलेका थिए ।

यस्तै नेपालगन्ज मेडिकल कलेजले २१ करोड ९१ लाख २५ हजार दुई सय अतिरिक्त शुल्क असुली गरेको छ । एउटा ब्याचबाट मात्र पाँच करोड २७ लाख ५० हजार बढी असुली गरेको तथ्य सार्वजनिक भएको छ भने छात्रवृत्तिमा भर्ना भएका १० विद्यार्थीसँग वार्षिक ६३ हजारका दरले लिएको आरोप कलेजमाथि छ । यसैगरी विराट मेडिकल कलेजले १९ करोड नौ लाख ३३ हजार ठगी गरेको छ । छात्रवृत्तिमा पढेकाहरूसँग पनि प्रतिविद्यार्थी ६ लाख २५ हजार अतिरिक्त असुली गरेको कुरा बाहिर आएको छ ।

त्यस्तै कलेज अफ मेडिकल साइन्सेसले १० करोड ६१ लाख ५७ हजार अवैध असुल गरेको ठहर सतर्कता केन्द्रले गरेको छ । भर्ना शुल्कमै प्रतिविद्यार्थी सात लाख ४५ हजारसम्म बढी लिएको र सन् ०१८ मा मात्र ३२ विद्यार्थीबाट दुई करोड ३८ लाख ४० हजार लिएको थियो । यस्तै डेभलपमेन्ट शुल्कका नाममा प्रतिविद्यार्थी वार्षिक दुई लाख लिएको पनि खुल्न आएको छ । यस्तै मणिपाल मेडिकल कलेजले १० करोड नौ लाख रुपैयाँ अतिरिक्त असुली गरेको तथा एउटै विद्यार्थीसँग पाँच वर्षमा ८० लाखसम्म ठगी गरेको खुलेको छ ।

यस्तै किस्ट मेडिकल कलेजले पाँच करोड ९९ लाख ३० हजार ठगी गरेको खुल्न आएको छ । छात्रवृत्तिमा पढेका ४२ विद्यार्थीसँग समेत प्रतिविद्यार्थी चार लाखका दरले एक करोड ६८ लाख अतिरिक्त असुली गरेको तथ्य सार्वजनिक भएको छ । त्यसैगरी देवदह मेडिकल कलेजले तीन करोड ८९ लाख ९४ हजार ठगी गरेको भेटिएको छ । भर्ना शुल्क मात्रै प्रतिविद्यार्थी चार लाख ५७ हजार आठ सय लिएको तथा भर्ना र अन्य शीर्षकमा गरी प्रतिविद्यार्थी ८ लाख ७७ हजारसम्म अतिरिक्त असुली गरेकोसतर्कता केन्द्रको तथ्याङमा छ । ।

आर्थिक वर्ष २०७३र७४ मा काठमाडौं उपत्यका भित्रका मेडिकल कलेजले ३५ लाख र काठमाडौं उपत्यका बाहिरका मेडिकल कलेजले ३८ लाख ५० हजार रुपैयाँ शुल्क लिन पाउने व्यवस्था सरकारले गरेको थियो । आर्थिक वर्ष ०७४र०७५ र आर्थिक वर्ष ०७५र०७६ का लागि सरकारले अघिल्लो आर्थिक वर्षमा तोकिएको शुल्क बढाएर काठमाडौं उपत्यकाभित्रका मेडिकल कलेजले ३८ लाख ५० हजार र उपत्यका बाहिरका कलेजले ४२ लाख ४५ हजार रुपैयाँ शुल्क लिन पाउने व्यवस्था गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्