मोरिन्होको बर्खास्तपछि युनाइटेडको लगातार जित



एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले हडर्सफिल्डमाथि ३–१ को जित निकालेको छ । मुख्य प्रशिक्षक जोसे मोरिन्होलाई बर्खास्त गरेपछि युनाइटेडको यो लगातार दोस्रो जीत हो ।

२९औं मिनेटमा नेमानजा माटिकको गोलबाट युनाइटेडले खेलमा अग्रता बनाएको थियो ।

पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । खेलको ६८औं मिनेटमा पोग्बाले गोल गर्दै युनाइटेडलाई २–० को अग्रता दिलाए ।

त्यसको १० मिनेटपछि नै पोग्बाले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै युनाइटेडलाई ३–० को अग्रता दिलाएका थिए । खेल सकिन २ मिनेट बाँकी रहँदा हडर्सफिल्डका जोर्गेनसेनले एक गोल फर्काए ।

जितसँगै युनाइटेडले १९ खेलबाट ३२ अंक जोडेको छ । हडर्सफिल्ड अंक तालिकाको पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्