गाईभैँसी किन्न गाउँ सरकारको अनुदान


मेलम्ची : गाईभैँसी किन्न गाउँ सरकारबाटै अनुदान पाएपछि त्रिपुरासुन्दरी गाउँपालिका–३ धुस्कुनका किसानहरुमा खुशीयाली छाएको छ । स्थानीय धुस्कुन कृषि सहकारीमार्फत गाउँ सरकारको अनुदान हात पारेपछि शनिबार धुस्कुनका पशुपालक किसानहरु खुशी देखिन्थे । गाउँपालिकाको अनुदानबाट शनिबार धुस्कुन कृषि सहकारीले ७० जना सदस्यलाई गाईभैँसी किन्नका लागि अनुदान उपलब्ध गराएको छ ।

आठौँ वार्षिक साधारणसभाका अवसरमा भैँसी खरिदका लागि ५० जनालाई रु ३० हजारका दरले अनुदान प्रदान गरिएको छ । गाई किन्नका लागि २० जनालाई रु १५ हजारका दरले अनुदान दिइएको छ । गाउँपालिका र वडाको बजेटबाट सहकारीमार्फत ७० जना किसानलाई गाईभैँसी खरिदका लागि अनुदान दिइएको हो । चालू आर्थिक वर्षमा त्रिपुरासुन्दरी गाउँपालिकाले धुस्कुन कृषि सहकारीका लागि रु १८ लाख गाईभैँसी खरिद अनुदान उपलब्ध गराएको र सहकारीले आफ्ना सदस्यहरुलाई सो अनुदान प्रदान गरेको त्रिपुरासुन्दरी गाउँपालिका–३ का वडाध्यक्ष शुकदेव रिसालले जानकारी दिए ।

“पशुपालनमा प्रोत्साहनका लागि गाउँपालिकाबाट रु १८ लाख अनुदान छुट्याइएको थियो, सहकारीमार्फत किसानका हातमा पु-याइएको छ”, वडाध्यक्ष रिसालले भने । गाउँपालिका अध्यक्ष भूपेन्द्र श्रेष्ठले साधारणसभाको उद्घाटन गरेका थिए । साधारणसभा उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले निर्वाहमुखी मात्र नभई व्यावसायिक कृषि र पशुपालनमा लाग्न आग्रह गरे । आगामी वर्षका लागि गाईभैँसी खरिदका लागि गाउँपालिकाले रु २० लाख अनुदानको व्यवस्था गरिदिनेसमेत अध्यक्ष श्रेष्ठले घोषणा गरे ।

साधारणसभाका अवसरमा उत्कृष्ट कृषकहरुलाई सम्मानसमेत गरिएको थियो । धुस्कुन कृषि सहकारीका लागि प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले डेरी उद्योग स्थापनाका लागि रु ३५ लाख बराबरको उपकरण प्रदान गरेको थियो । सहकारीका लागि प्रदेश र स्थानीय सरकारबाट महत्वपूर्ण सहयोग मिलेको भन्दै धुस्कुनलाई दुग्धको पकेट क्षेत्रका रुपमा विकास गरिने सहकारीका अध्यक्ष बलराम न्यौपानेले बताए । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

पोखरा : गण्डकी प्रदेशमा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य

काठमाडौं– गएराति सिन्धुपाल्चोकको भोटेकोसी र अन्य साना नदिमा आएको बाढिले पु¥याएको जनधनको क्षतिप्रति नेपाली कांग्रेस

काठमाडौं : सांसद सरिता गिरीलाई समाजवादी पार्टीले कारवाही गरी पदबाट हटाएपछि उनको ठाउँमा लीला सिटौला

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको भोटेकोशी नदिमा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने १८

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता गगन थापाले जिम्मेवारी पदमा बसेर उटपट्याङ कुरा गर्ने

काठमाडौंः सरिता गिरीलाई समाजवादी पार्टीले गरेको कारबाहीको पत्र संघीय संसद सचिवालयमा पुगेको छ । लिम्यिाधुरासहितको

काठमाडौंः प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच

काठमाडौं : बुधबार काठमाडौं उपत्यकामा २३ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ५५ जना कोरोना संक्रमित भएका छन्

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७-७८ को वार्षिक बजेट पारित गर्ने तयारी गरेको

काठमाडौं : ‘प्रधानमन्त्रीज्यू, म थाकिसकेँ । मेरो सपना कसरी पूरा गरुँ, बाटो देखाइदिनु’ भन्दै बुधबार

पोखरा : गण्डकी प्रदेशमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य